मतदाता शिक्षाकालागि बिद्यार्थीलाई निर्देशन

305

मतदाता शिक्षाकालागि बिद्यार्थीलाई निर्देशन

बुटवल, ६ मंसिर । आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउने गरी मतदातालाई शिक्षा दिन र प्रचार प्रसारमा लाग्न नेपाली काँग्रेस चुनाव प्रचार प्रसार बिद्यार्थी परिचाल समितिका संयोजक जयप्रकाश भट्टराईले बिद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको छ ।

बुधबार बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा भएको नेपाल बिद्यार्थी संघमा आवद्ध यस क्षेत्रका क्याम्पसका नेताहरुलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

रुपन्देहीको क्षेत्र नं. २ अन्तरगत पर्ने क्याम्पसहरु सिद्धार्थ गौतम बुद्ध क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, राममणी बहुमुखी क्याम्पस, लुम्बिनी ईञ्जिनियरिङ् क्याम्पस, सरस्वती संस्कृत क्याम्पसका नेबिसंघका इकाई सभापति तथा पदाधिकारीहरुको भेलामा बिद्यार्थी परिचालन समितिका क्षेत्रीय संयोजक भट्टराईले नेपाली काँग्रेसको जितमा मात्रै लोकतन्त्रको मर्म र भावना अनुसार संविधानको कार्यान्वयन हुने भएकाले पनि यसमा बिद्यार्थीको अहम् भूमिका हुने बताउनु भयो ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पसका नेबिसंघ इकाई सभापति महेश शर्माको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पसका नेताहरु लुम्बिनी बाणिज्य क्याम्पसका सुरज क्षेत्री, बुटवल बहुमुखीका सुन्दर अर्याल, बिष्णु खनाल, राममणीका चिरञ्जिवी बस्याल, कमल पराजुली लगायतले भनाई राखेका थिए ।