पौडेलको चुनावी घोषणापत्र सार्वजनिक

526

पौडेलको चुनावी घोषणापत्र सार्वजनिक

बुटवल मंसिर ७ ।एमाले उपमहासचिब तथा रुपन्देही क्षेत्र न २ बाट प्रतिनिधिसभाका उम्मेदबार विष्णु पौडेलले रुपन्देहीलाइ प्रदेशको राजधानी रुपन्देहीलाइ बनाउने बताएका छन् ।
बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि आफ्नो क्षेत्रको घोषणापत्र सार्वजनिक गर्दै पौडेलले रुपन्देहीलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउने र बिकासको नमुना बनाउने उल्लेख गरेका छन् ।
भौगोलिक, प्रशासनिक, विकास निर्माणका हिसाबले रुपन्देही अन्य जिल्लाको तुलनामा अगाडि भएकोले प्रदेशको राजधानी बनाउन मिल्ने उनको भनाइ छ ।
उनले यसअघि बुटवल नै प्रदेशको राजधानी भन्ने गरेको भएपनि प्रतिबद्धतापत्रमा भने रुपन्देही जिल्ला भनिएको छ ।
बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह, ओमसतिया, रोहिणी, शुद्धोधन र सियारी लगायतका उपमहानगर, नगर र गाँउपालिकाहरुलाई समेटेर महानगरपालिकामा विकास गर्ने पौडेलले बताए।
गठबन्धनले प्रदेशको रानधानीलाई आवश्यक पर्ने संरचनाहरु तयार गर्ने र बन्दै गरेका आयोजनाको शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।
निर्माणधीन बुटवल बेलहिया ६ लेन सडकलाई चाँडै सम्पन्न गर्ने, बुटवल नारायणगढ, बुटवल कोहलपुर राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्र्ने, नवलपरासी देखि कपिलबस्तुसम्मका हुलाकी सडकलाई चार लेनमा स्तरोन्नति गर्ने, लुम्बिनी अञ्चलका ६ जिल्लालाई सडक सञ्जालमा आवद्ध गर्न बृहत् लुम्बिनी चक्रपथको निर्माण कार्य अघि बढाउने प्रतिबद्धता पत्रमा समावेश छ ।
काली गण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम शुरु गर्ने, चिन देखि भारतसम्म सडक सञ्जाल जोड्ने गरि काली गण्डकी कोरिडोर सडकको काम चाडै सम्पन्न गर्ने, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र सम्पन्न, लुम्बिनीको गुरुयोजनाको काम चाँडै सम्पन्न गरि बृहत् लुम्बिनी गुरुयोजना निर्माण गरि कार्यान्वयन गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
बन्द भएका उद्योगहरु सञ्चालनमा ल्याउने, मोतीपुर औद्योगिक क्षेत्रमा अन्तराष्ट्रिय स्तरको पूर्वधार निर्माण गर्ने, बुटवल औद्योगिक क्षेत्रलाई बिस्तार गरि आधुनिकीकरण गर्ने पनि प्रतिबद्धता पत्रमा राखिएको छ ।