गोविन्द वस्नेत
बुटवल, ९ मंसिर/लोकतान्त्रीक गठवन्धवाट रुपन्देहिको क्षेत्र नं. ३ वाट प्रतिनिधि सभामा उमेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक वोहाराले सावीक सुद्घोधन गाउपालीकामा आफुले पहिलो पटक भईलोभुजा परीयोजना ल्याएको त्याई त्यहाँका स्थानीयले लाभान्वित भएको र अहिले पुन लोकतान्त्रीक गठवन्धवाट वाट उमेदवार वनेर सेवा गर्न आएको वताउनुभएको छ । वाम गठवन्धन नामको मात्र गठवन्धन भएकाले वाम गठवन्धनले अहिले सम्म रुपन्देहिमा कुनै पनि काम नगरेको आरोप लगाउनु भएको छ । वाम गठवन्धनले नेपालमा कम्युनिष्ट सासन ल्याएर जनतालाइ दास वनाउन खोजेको आरोप लगाउनुभएको छ ।
सुद्घोधन गाउपालीका वार्ड नम्मर १ र २ को सम्युत्त प्रचार प्रसार कार्यालय उदघाटन तथा घरदैलो कार्यक्रममा लोकतान्त्रीक गठवन्धवाट रुपन्देहिको क्षेत्र नं. ३ ‘ख‘ का प्रादेशिक उमेदवार हरीध्वज मल्लले ८० प्रतिसत आफ्ना मतदाता भएकाले वाम गठवन्धनको रुपन्देहि क्षेत्र नं. ३ मा जमानत समेत जफत हुने वताउनु भएको छ । वाम गठवन्धन लाई ईङकित गर्दै मल्लले चुनाव वजिकिदै गर्दा विपक्षीहरु आफ्नो पक्षमा जनताको उस्साह देखेर वौलाउन लागेको संकेत देखिएको आरोप लगाउनु भएको छ । वौलाएको कुकुर जतिवेला जहाँपनि भुक्दै हिडछ । वाम गठवन्धनका मित्रहरुपनि हार्ने भएपछि वौलाएर वाटोमा भुक्दै हिडेको आरोप लगाउनुभयो ।