चितवन सहायता कोष बेल्जियमद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

715

चितवन सहायता कोष बेल्जियमद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

बेल्जियम /कार्तिक २०

चितवन सहायता कोष बेल्जियमले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ | चितवन मेडिकल कलेजको सहयोगमा सहायता कोष बेल्जियमले  चित्रवन नगरपालिका वडा नं. १४ कोइलाहामा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो |

सिविरको मार्फत स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेकाहरुलाई नाक ,कान ,घाटी, छाला तथा सामान्य चेकजाच गरियको थियो |

सोहि अवसरमा एन आर एन यूरोपका निवर्तमान सहसंयोजक सोम सापकोटाले सेवाग्राहीलाई १२० थान कोल्गेट र १२० थान ब्रस वितरण गर्नुभयको थियो | चितवन जिल्ला घर भइ बेल्जियम बस्दै आयका नेपालीहरुले खोलेको सस्था चितवन सहायता कोष ले चितवनमा विगत लामो समयदेखि बिभिन्न क्षेत्रमा सहयोग गर्दै आयको छ |

कार्यकर्ममा सस्थाका  अध्यक्ष दिनेश प्रसाद भण्डारी,स्थाका उपाध्यक्ष राजु घिमिरे,संस्थाकी संस्थापक अध्यक्ष सिता सापकोटा लगायतको उपस्थिति रहेको थियो |