
बुटवल, मंसिर । नेपाली कांग्रेस गुल्मी क्षेत्र नं २ ख का प्रदेश सभाका उमेदवार छन्द वहादुर पहराई ले यस पटकको निर्वाचन व्यक्तीले जित्ने हार्ने भन्दा पनि लोकतन्त्र रहने नहरने विषय रहेको बताउनु भएको छ । उहांले जनताको सम्बृद्धि नभएसम्म त्यहांका जनप्रतिनिधिको मात्र सम्बृद्धिले खासै अर्थ नराख्ने भएको भन्दै अवको निर्वाचनमा लोकतन्त्रको रक्षा र आर्थिक सम्बृद्धिलाई संग संगै जोडेर लैजाने बताउनु भयो । आफ्नो क्षेत्रका बुटवलमा बस्ने मतदाताहरुसंग शनिबार आयोजित कार्यक्रममा बोल्दै उहांले आफु बास्तविक जनताको प्रतिनिधि बन्न चाहेको समेत बताउनु भयो । उहांले गुल्मीका जनता निकै अभावमा बाच्नु परेको दुखेसो गर्दै गुल्मीबाट जितेर गएका जनप्रतिनिधिहरुले जनताको काम गर्न नसकेको आरोप लगाउनु भयो ।नेपाली कांग्रेसका राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस सदस्य जिल्ला हरिकृष्ण विक कांग्रेसका अगुवाहरु महेन्द्र थापा, खिम वहादुर महत अर्जुन ज्ञवाली लगायतले बोलेका थिए ।
https://www.facebook.com/bikramnews/videos/10214992785322459/