वामगबठन्धन लोकतन्त्रलाई समाप्त पार्ने रणनितिमा- मन्त्री रज्जाक

224

वामगबठन्धन लोकतन्त्रलाई समाप्त पार्ने रणनितिमा- मन्त्री रज्जाक

देवदह, मंसिर ११ /नेपाली कांगे्रसको नेतुत्वले देशमा विकासको मुहार फेरिने खानेपानी तथा सरसफाइ राज्य मन्त्री एवं क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले बताउनु भएको छ । उहांले देशको शक्ति नै लोकतान्त्रिक गठबन्धनमा अडिएको हुदा अबको नेतुत्व लोकतान्त्रिक गठबन्धनको काधमा आउने बताउनु भयो । देवदह वडा नं ५ र ६ को संयुक्त घरदैलो अभियान पछिको कोणसभालाई सम्बोधन गर्दै उहांले उक्त कुरा बताउनु भएको हो् । नेपाली कांगे्रस रुपन्देहीका सभापति समेत रहेका रज्जाकले अहिलेको समयमा वामगबठन्धनले देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने रणनिति लिएकोे हुदा जनताको मत के मा दिने भनेर बुझ्ने बेला आएको समेत बताउनु भयो । उहांले बामगठबन्धन विकास होइन विनाशको जरो रोप्ने गठबन्धन भएकाले बेलैमा सोचविचार गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका क्षेत्र नं १ क का प्रदेश सभा उम्मेद्धवार ताहिर अलिले बामगठबनधनले तानाशाहीको खोल ओढेकाले जनता तानाशाही बन्ने की लोकतान्त्रिक पद्धतिमा जाने सोहीअनुरुप मतदान गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांगे्रसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, जिल्ला सदस्य बासुदेव रिमाल, वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षेत्री, नेपाली कांगे्रस वडा नं ५ का पार्टी सभापति अजुर्न लम्साल लगायतको सहभागिता रहेको थियो ।