पाल्पा ११ मंसिर /नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा क्षेत्र न.२ का उम्मेदवार हरि प्रसाद नेपालले समुन्नत पाल्पा निर्माणका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको छ ।
क्षेत्र न. २ को सत्यवतीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार नेपालले वामपन्थीले विस बर्ष सम्म नगरेको काम आफुले सात बर्षमा जनताको बस्ती जोड्ने सडक सञ्जाल र आफ्नो निर्वाचन क्षेत्रलाई टुकी रहित बनाउने योजना रहेको बताउनु भयो ।
संविधान निर्माणको लागि जनताले दिएको अभिभारा आफुले पुरा गरेको र अब युवालाई आफ्नै गाउँ बस्तीमा स्वरोजगार बनाउने योजना रहेकोउहाँले बताउनु भयो ।
संविधान निर्माणका लागि जनताले दिएको अभिभारा आफुले पुरा गरेको र अव युवालाई आफ्नै गाउँबस्तीमा स्वरोजगार बनाउने अभियानलाई पुरा गर्नको लागि नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी हुनुपर्नेे बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति वीर बहादुर राना लामो समय सम्म वाम पन्थी ले विजयी हासिल गरेको जिल्लामा अब नेपाली कांग्रेसको विजयी हुनबाट कुनै शक्तिले रोक्न नसक्ने दावी गर्नु भयो । नेपाली कांग्रेस सत्ता बाहिर रहदा पनि जनताको सुख दुखमा रहेर काम गरेकै कारण नेपाली कांग्रेसको पाल्पामा विजय शुनिश्चित भएको सभापति रानाको भनाइ थियो ।
चुनावी सभामा पार्टीका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले कृषि पशुपालन वनजन्य उद्योगबाट युवाहरुलाई स्वरोजगार र आर्थिक सम्वृद्धि बनाउने कार्यमा नेपाली कांग्रेसको नेतृत्व विना संभव नभएको बताउनु भयो ।
प्रदेश सभाका उम्मेदवार राम कार्कीले पाल्पा सबै कुराले धनी छ तर अहिले सम्म पूर्वाधार निर्माण भएको छैनन् । औधिकरणबाट पूँजी र युवाको श्रम शक्तिलाई विदेश पलायन हुनबाट रोक्न नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी हुनुपर्ने बताउनु भयो ।