विपन्न सदस्यका छोरीहरुलाई छात्रबृत्ति प्रदान

461

विपन्न सदस्यका छोरीहरुलाई छात्रबृत्ति  प्रदान

बुटवल,  मंसिर । लघुवित्तको क्षेत्रमा काम गरिरहेको छिमेक लघुबित्त बिकास बैंले संस्थाको १६ औं वार्षिकोत्सवको अवसरमा विपन्न सदस्यका छोरीहरुलाई छात्रबृत्ति रकम प्रदान गरेको छ ।

उक्त बैंकको मंगलापुर शाखाले सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि समुहमा रहेर कारोवार गरेका समुहका सदस्यहरुका १० जना छोरीहरुलाई जनही २ हजार ४ सय रुपैंयाका दरले प्रदान गरिएको शाखा प्रवन्धक विष्णुबाबु पन्तले जानकारी दिनुभयो ।

छिमेक २०५८ सालको भदौमा कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई मंसिरबाट कारोवार सुरु गरेको ‘घ’ श्रेणीको राष्ट्रिय स्तरको लघुबित्त बिकास बैंक हो । बैकले २०६० सालदेखि रुपन्देहीमा कारोवार सुरु गरेको हो । रुपन्देही जिल्लामा यो बैंकले तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका तथा सियारी, मायाँदेवी, ओमसतीया र सुद्धोधन गाउँपालिकामा लघुवित्तका कार्यक्रम सञ्चालन गरेको शाखा प्रवन्धक पन्तले बताउनु भयो ।

जसबाट गत कात्तिक मसान्त सम्म ४ हजार ९३६ सदस्य आवद्ध भएका छन् भने २१ करोड भन्दा बढी कर्जा लगानी गरेको र सदस्यको बचत २० करोड रहेको उहाँले जानकारी दिनुभयो । छिमेक लघुवित्तले ६२ जिल्लामा १२४ शाखा मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।