बुटवल / इन्टलेक्च्यूअल एकेडेमी बुटवलका प्राचार्य ध्रुवराज पन्थीको निधनमा विद्यालयले शोक सभा गरेको छ ।प्राचार्य पन्थीको सोमवार राती ५३ वर्षको उमेरमा हृदयघात भई उपचारको क्रममा निधन भएको थियो ।
विद्यालय संस्थापक संचालक समेत रहेका प्राचार्य पन्थीले २०३९ सालदेखि शिक्षण पेशा शुरु गर्नुभएको थियो । प्राचार्य पन्थीको निधन पश्चात मंगलवार रुपन्देहीका सम्पुर्ण निजी विद्यालयहरु मा बिदा गरिएको थियो भने इन्टलेक्च्यूअल एकेडेमी बुधवार थप विदा गरि शोक सभा गरेको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको शोकसभामा संथापक अध्यक्ष डा.कृष्ण खरेल, संचालक रामराज पोख्रेल लगाएतले प्राचार्य पन्थीले शिक्षण क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयलाई अपुरणिय क्षति भएको बताउनुभएको थियो ।
विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारी, शेयर सदस्य एवं संचालकहरुको उपस्थीति रहेको सो शोक सभा विद्यार्थीहरुको तर्फवाट कक्षा १० कि छात्रा सुसिला सोमई, अभिभावकको तर्फबाट किशोर खरेल, शिक्षक कर्मचारीको तर्फबाट शोभा भण्डारीले शाक ब्यक्त गर्नुभएको थियो ।