बुटवल, १ पुस । बुटवल उपमहानगरपालिका कार्यक्षत्र रहेको आँगन बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाले समान प्रकृति र उद्देश्य भएका सहकारीसंग मर्जर गर्न कार्यसमितिलाई अख्तियारी प्रदान गरेको छ ।
उक्त सहकारीको शनिबार सम्पन्न आठौं साधारण सभा तथा चौंथो अधिवेशननले सहकारीलाई मजबुद र फराकिलो बनाउनकालागि सहकारीको मर्म अनुसार मर्जर गर्ने प्रस्तावलाई पारित गरेको हो. । समान प्रकृतिका सहकारीले मर्जरको प्रस्ताव राखेमा मर्जर गर्ने निर्णय साधारण सभामा प्रस्ताव भएको थियो । सोही अनुसार नै साधारण सभाले कार्यसमितिलाई अख्तियारी प्रदान गरेको हो ।
उक्त निर्णयसंगै आँगन सहकारीले चालु आर्थिक वर्ष भित्रमा शेयर सदस्य ५०१ पु¥याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष यमप्रसाद तिवारीले जानकारी दिनुभयो । आठ वर्ष अंगाडी २५ जना शेयर सदस्यबाट सुरु गरेको उक्त सहकारीमा हाल २५९ जना शेयर सदस्य रहेका छन् । हाल बुटवल उपमहानगरपालिका भित्र कार्यक्षेत्र रहेको सहकारीको कार्यक्षेत्र बिस्तार गरि जिल्ला स्तरीय बनाउने प्रस्ताव पनि पारित भएको हो । त्यसकालागि पहलकदमी गर्नकालागि कार्यसमितिले अख्तियारी पाएको छ ।
साधारण सभाले १ लाखसम्मको काउन्टर विमा र ५० हजार सम्मको ट्रान्जिक्ट बिमा गर्ने प्रस्ताव पनि पारित गरेको छ । सहकारीको काउन्टरमा रहने रकम र बैंक दाखिला गर्न जाँदा भैपरिआउन सक्ने दुर्घटनालाई लक्षित गरेर उक्त बिमा गर्ने प्रस्ताव पारित गरिएको हो ।
साधारण सभामा सहकारीको मुल्य मान्यता अनुसार जोखिम न्यूनिकरणकालागि शेयर सदस्यको एक लाख बराबरको दुर्घटना बिमालाई निरन्तरता दिने र संस्थामा कार्यरत कर्मचारीहरुको ७ लाख बराबरको दुर्घटना बिमा गर्ने, शेयर सदस्यको सुविधाकालागि रेमिट्यान्स कम्पनीहरुसंग संम्झौता गरि रेमिट्यान्स सेवा सञ्चालन गर्ने लगायतका निर्णग गरिएको सचिव राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
साधारण सभामा सल्लाहकार गणेशचन्द्र पोखरेल, जेष्ठ शेयर सदस्य रतन क्षेत्री, शेयर सदस्य कबिन्द्र नेपाल, कृष्णप्रसाद पन्त लगायतले भनाई राख्नुभएको थियो । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तिवारीले सरकारले सहकारीमा करको दायरा परिवर्तन गर्दा सहकारीहरुलाई धेरै लाभ मिलेको बताउनु भयो । संस्थाका कोषाध्यक्ष ध्रुवराज अर्यालले पेस गर्नुभएको आर्थिक तथा लेखा समिति संयोजकले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित भएको छ ।
साधारण सभामा उत्कृष्ट वचत कर्ता, असल ऋणी, जेष्ठ शेयर सदस्य तथा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी गराउनु भयो ।
संस्थाको शनिबार नै सम्पन्न अधिवेशनले पुनः यमप्रसाद तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दुई वर्षे कार्यकाल रहेको कार्यसमितिको उपाध्यक्ष पुनः सुरेन्द्र अधिकारी, सचिवमा राजेन्द्र घिमिरे, कोषाध्यक्षमा ध्रुवराज अर्याल र सदस्यहरुमा विष्णुप्रसाद गौतम, बाबुराम देवकोटा, राजिव गौतम, सुरेश ज्ञवाली तथा गणेशप्रसाद कंडेल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । लेखा समितिको संयोजकमा पनि पुनः नरदेव न्यौपानेलाई चयन गरिएको छ ।