बाजेको सेकुवा बुटवलमा

829

बाजेको सेकुवा बुटवलमा

बुटवल पुस । विगत चार दशकदेखि काठमाडौंमा सेवा दिँदै आइरहेको बाजेको सेकुवाले बुटवलमा शाखा विस्तार गरेको छ । बुटवल–९ मिलनचोकमा आइबार आफ्नो १३ औं शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष माधव नेपाल सहित रूपन्देहीका उद्योगी÷व्यसायीहरूले संयुक्त रूपमा उद्घाटन गरे ।

ईट फूडको नामवाट यहाँ सञ्चालन हुने बाजेको सेकुवामा विभिन्न सेकुवाका परिकारहरुका स्वाद उपभोक्ताहरुले लिन पाउनेछन् । फ्रान्चाइज मोडलमा आधारित उपत्यका बाहिरको तेस्रो शाखा रहेको सञ्चालक कूलचन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै नेपालले रूपन्देही होटल÷रेष्टुरेन्टहरूको हवको रूपमा विकास भएको बताउनुभयो । कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देही अध्यक्ष समुन्द्र जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, बाजेको सेकुवाका बजार व्यवस्थापक सुदिर विक्रम शाह लगायतले बोल्दै काठमाडौंको स्वाद बुटवलमा पनि उपलब्ध गराउन सञ्चालकहरूलाई आग्रह गर्नुभयो ।

सेकुवा पसल कुलचन्द्र पाण्डे, भोजराज पाण्डे र शंकर पाण्डेको लगानीमा सञ्चालनमा आएको हो ।