गरिव तथा असहायलाई किरिया गर्न १० हजार

530

गरिव तथा असहायलाई किरिया गर्न १० हजार

गुल्मी, ५ पुस। गुल्मीको धुर्कोट गाउँपालिकाले सबै गरिब र असहाय परिवारलाई मृत्युपछि किरियाखर्च स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

कार्यपालिकाको बैठकले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको पहिलो काम गरिबी निवारण, आधुनिक र व्यवसायीक कृषि र अन्य सीप विकासबाटै रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

गाउँबासीका समस्यासँग स्थानीय सरकारले सम्बोधन गर्दै नमुना धुर्कोट गाउँपालिका निर्माण गर्ने उदेश्यले गाउँकार्यपालिकाले यस्ता निर्णयहरु गरेको गाउँपालिका प्रमुख पोखरेलको भनाई छ । गाउँपालिकाले यसअघि खरका झुपडीमा टिनको छाना लगाई दिने अभियान, कटुवाललाई तलव दिने निर्णय गरिसकेको छ ।