
यही पुस ७ गते राती करिव १ः३० वजे आफ्नै पम्पमा सुतिरहेको अवस्थामा छुरी हानी खानको हत्या गरेको घटनाले सम्पुर्ण पेट्रोलियम ब्यवसायीहरुले असुरक्षित रहेको महशुस गरेको एशोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शनिवार वसेको कार्यसमिति बैठक पछि महासचिव हरिराम कसौधनद्वारा जारी विज्ञप्तिमा मध्यरातमा सुतेको ब्यक्तिलाई घर वाहिर बोलाई हत्या गरिनुले राज्यको सुरक्षा प्रशासन फितलोपन भएको पुष्टि गरेको उल्लेख छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गर्दै जनताको हक, अधिकारलाई सुरक्षित गर्ने प्रयास जारी रहेको बेला एक ब्यवसायीको जघन्य हत्या घटनाले आम पेट्रोलियम ब्यवसायीलाई स्तब्ध र मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । एशोसिएसनले खान हत्या घटनाको निन्दा र भ्रत्सना गरेको छ ।
हत्यामा संलग्न अपराधीहरुलाई अविलम्ब गिरफ्तार गरी न्यायको कठघरामा उभ्याउन, मृतकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन एशोसिएसनले नेपाल सरकार र सरोकार पक्षसंग माग गरेको छ । मागलाई यथाशिघ्र सम्वोधन नगरिए कडा संघर्षमा उत्रन बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।
यस्तै एशोसिएसनले प्रतिनिधि र प्रदेश सभामा निर्वाचित सदस्य ब्यवसायीहरुलाई बधाई र सफलताको शुभकामना ब्यक्त गर्दै रिक्त कर्य समिति सदस्यमा एक जना ब्यवसायीलाई मनोनयन गरेको छ । एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षता बसेको बैठकले पेट्रोलियम ब्यवसायीहरु देबेन्द्र राज कंडेल र प्रमोद यादव प्रतिनिधि सभा तथा बैजनाथ जयसवाल र दिपेन्द्र अधिकारी प्रदेश सभामा निर्वाचित भएकाले बधाई सहित सफल कार्यकालको कामना गरेको छ ।
यस्तै बैठकले कपिलवस्तुका ब्यवसायी घनश्याम कान्दुलाई कार्यसमिति सदस्यमा मनोनित गरेको कोषाध्यक्ष बिशाल गैरेले जानकारी गराउनुभयो ।