लक्ष्मिनगर बिकास केन्द्रमा भट्टराई

521

लक्ष्मिनगर बिकास केन्द्रमा भट्टराई

बुटवल, ११ पुस । लक्ष्मीनगर विकास केन्द्र बुटवल ४ रुपन्देहीको १२ औं साधारण सभा तथा अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालकालागि अध्यक्ष पदमा परमानन्द भट्टराई सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

२०५० सालदेखि संस्थामा आवद्ध हुनु भएका भट्टराई कोषाध्यक्ष, सचिव र महासचिव हुँदै अध्यक्षमा निर्वाचित हुनु भएको हो । अधिवेशनबाट केन्द्रका उपाध्यक्षमा गोकर्ण ज्ञवाली, महासचिवमा दुर्गादत्त सिग्देल, सचिवमा शीला भट्टराई र कोषाध्यक्षमा चित्र आले निर्बिरोध निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक टंक पराजुलीले बताउनु भयो ।

त्यस्तै केन्द्रको कार्यसमिति सदस्य पदमा मन शाही, खेम श्रीस, निर्मला गुरुङ्, होम क्षेत्री, पृथबहादुर थापा (मिलन), सुधा गुरुङ्, खेमबहादुर थापा, शंकर गैरे र किरण थापा निर्वाचित हुनु भएको छ । केन्द्रले बिशेषगरी खानेपानी, शिक्षा, सडक र सरसफाईका क्षेत्रमा काम गर्दै आएको छ ।