लिस्बनमा चित्रकला प्रतियोगिता हुने

895

लिस्बनमा चित्रकला प्रतियोगिता हुने
लिस्बोन, पोर्तुगल
पाठशाला नेपालले यहि नोभेम्बर ८ आइतबार का दिन ५-१६ वर्षका नेपाली बालबालिकालाई लक्षित गरि चित्रकला प्रतियोगिता गर्ने भएको छ । सो प्रतियोगिता दुई समूहमा बिभाजन गरिएको छ । पहिलो समूह मा ५-१० बर्षसम्मका बालबालिकाहरुले प्रतिस्पर्धा गर्नेछन्, जसको शिर्षक “हाम्रो राष्ट्र नेपाल” छ । दोस्रो समूहमा ११-१६ बर्षका बालबालिकाबीच प्रतिस्पर्धा हुनेछ जसको शिर्षक “नेपाल र भूकम्प” छ ।
अलमेदा पार्कको पानी फोहोरा माथि सम्पन्न हुने सो कार्यक्रम दिउसो २ बजे सुरु हुने र ५ बजे सम्पन्न हुनेछ । सो बाल चित्रकला प्रतियोगिता ले प्रवाश मा रहेका नेपाली बालबालिकाहरुलाई मातृभूमि नेपालको सम्झनालाई ताजा गराउने र उनीहरुमा आतिरिक्त क्रियाकलापको बिकाश हुने बिश्वाश रहेको पाठशाला नेपाल का संस्थापक गणेश पाण्डेयले लुम्बिनी अनलाइनलाइ जानकारी गराएका छन् ।
बाल चित्रकला प्रतियोगितामा करिब १५ प्रतियोगीहरु सहभागी हुनेछन् भने सहभागीहरुको कलालाई अन्तरास्ट्रिय बाल दिवसको अवसरमा २० नोभेम्बरमा प्रदर्शनी गरि विजयीहरुलाई पुरस्कृत गरिने कार्यक्रमका संयोजकद्वय रश्मि रानाभाट र मन्जिल आचार्यले जानकारी दिए ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको साथै नेपाल र नेपाली समुदायसंग चासो राख्ने स्थानियहरुको समेत उपस्थिति रहनेछ । पाठशाला नेपालले निकट भबिस्यमा पोर्तुगलको लिस्बोनमा रहेका नेपाली समुदायका बालबालिकाहरुको लागि नेपाली र अंग्रेजी भाषाका कक्षा सञ्चालन गरिनुका साथै नियमित रुपमा अतिरिक्त क्रियाकलापहरु समेत संचालन गर्ने जानकारी पाठशाला नेपाल का संस्थापक गणेश पाण्डेयले दिएका छन् ।