फागुनमा बुटवलमा क्यान ईन्फोटेक हुँदै

1.3K

फागुनमा बुटवलमा क्यान ईन्फोटेक हुँदै

बुटवल, १ पुस ।  कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले आगामी फागुनमा बुटवलमा सूचना प्रविधी सम्बन्धि मेला (क्यान ईन्फोटेक–२०१८) गर्ने भएको छ । विश्वमा सूचना तथा सञ्चार प्रविधी क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधीको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आगामी फागुन पहिलो साता सातौं संस्करणको क्यान ईन्फोटेक गर्न लागिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

क्यान रुपन्देहीले यस अंगाडी सन् २००२, २००५, २००९, २०११ र २०१७ मा सूचना प्रविधि सम्बन्धि मेला गरिसकेको छ । फागुनको २ देखि ६ गतेसम्म बुटवल १० रामनगर स्थित बुटवल मण्डपमा गरिने क्यान ईन्फोटेकमा महासंघका सदस्य संस्थाहरु तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी सम्बनन्धि कम्पनीहरु सहभागि हुनेछन् ।

सूचना प्रविधी सम्बन्धि मेलाले नेपाली सूचना तथा प्रविधी क्षेत्रको बिकासमा सहयोग पु¥याउने विश्वास गरिएको क्यान महासंघ रुपन्देहीका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक नारायणप्रसाद श्रेष्ठले बताउनु भयो । सूचना प्रविधी मेलामा व्यबसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तार गर्ने मात्रै नभई नौलो प्रविधीको प्रदर्शनी गर्ने अवसर पाउने र अवलोकन कर्ताले पनि एउटै थलोमा नयाँ प्रविधी, उपकरणहरुको अवलोकन तथा खरिद गर्न पाउने उहाँले बताउनु भयो ।

करिव १५० स्टल रहने सूचना प्रविधी सम्बन्धि मेलामा २ लाखले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् । त्यस्तै सूचना तथा प्रविधी सम्बन्धि मेलाको तेस्रो दिन फागुन ४ गतेलाई विजनेश डेको रुपमा घोषणा गरिएको र उक्त दिनमा विजनेश हाउसहरुले व्यापार प्रवद्र्धनकालागि डिलर र भेन्डर (विक्रेता)संग प्रत्येक्ष रुपमा विजनेश डिल गर्न सक्ने बताईएको छ । यो प्रदर्शनीमा विशेष गरि घर तथा अफिससंग सम्बन्धित सुरक्षा प्रविधी जोड दिईएको छ । त्यस्तै नेपाली बिद्यार्थीले बिकास गरेका बिभिन्न प्रविधीहरुको प्रदर्शनीमा मुख्य आकर्षण रहने बताईएको छ ।

सोही अवसरमा हालै काठमाण्डौमा सम्पन्न क्यानको महाधिवेशनबाट रुपन्देहीका नवराज कुवँर उपाध्यक्षमा निर्वाचित हुनु भएकोमा सम्मान गरेको छ । त्यस्तै पाँच नम्बर प्रदेशका नवनिर्वाचित अध्यक्ष सुदिप शर्मा, केन्द्रीय सदस्य रेशम गिरी, ईश्वर पोखरेललाई पनि सम्मान गरिएको थियो ।