भैरहवा, १८ पुस । नेपाली काँग्रेस रुपन्देहीले पाँच नम्वर प्रदेशको अस्थायी राजधानी रुपन्देहीमा तोक्न सरकारसंग माग गरेको छ । सरकार सातबटै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारीमा रहेका बेला नेपाली काँग्रेस रुपन्देहीले भौतिक पुर्वाधार तथा जनघनत्वको हिसावले समेत पाँच नम्वर प्रदेशको राजधानी रुपन्देही उपर्युक्त हुने ठहर गर्दै सरकारले सुरुमा तोक्ने अस्थायी राजधानी रुपन्देहीमा तोक्न माग गरेको हो ।
पाँच नम्वर प्रदेशको राजधानी रुपन्देही वा दाङ्गमा भन्ने चर्चा चलीरहेको छ । नेपाली काँग्रेस रुपन्देहीको मगंलवार भैरहवामा बसेको जिल्ला कार्यसमीतीको बैठकले पहाडी जिल्लालाई पहायक पर्ने तथा प्रदेश सरकार सचांलनकालागी भौतिक पुर्वाधारमा समेत रुपन्देही सक्षम रहेकाले प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई तोक्नु पर्ने निर्णय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
प्रदेश मन्त्रालयकालागि भवन, सडक सञ्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी लगायतका कारणले राजधानीकालागी रुपन्देही उपर्युक्त हुँने भएकाले सरकारले पाँच नम्वर प्रदेसको अस्थायी राजधानी तोक्दा रुपन्देही तोकिनुपर्ने सचिव खाँणले बताउनु भयो । प्रतिनीधी सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भए पश्चात पहिलो पटक बसेको नेपाली काँग्रेस रुपन्देहीको बैठकले पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध बागी उठेका उम्मेदवार, उनीहरुको प्रस्तावक तथा समर्थकलाई यसअघी गरेको कारवाही निर्णय सदर गरेको छ ।
जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाँचबटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरुको नामावली सकंलनकालागी क्षेत्र, नगर तथा बुथहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ । बुथमा समिक्षा गरि असहयोग गर्नेको नाम नगर तथा नगर हुदै क्षेत्रमा पठाउन जिल्ला कार्यसमीतीले निर्देशन गरेको हो ।
बुथ, नगर तथा क्षेत्रमा प्रयाप्त समिक्षा गरी १५ दिन भित्र असहयोगीहरुको नाम जिल्लामा पठाउन निर्देशन दिइएको सचिव खाँणले बताउनु भयो । यस्तै प्रदेस सभा तथा प्रतिनीधी सभामा बिजयी र समानुपातिक तर्फ जिल्लाबाट परेकाहरुलाई बधाई दिदै जिल्ला कार्यसमीतीले निर्वाचनमा सहभागी मतदाता तथा सहयोगीहरुलाई धन्यबाद समेत दिएको छ ।