
बुटवल, ३० पुस । रुपन्देहीको मणिग्राममा आईतबार कारको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
मणिग्राम स्थित क्रिमसन अस्पताल अंगाडी बाटो काट्ने क्रममा बा १५ च ७२६५ नम्बरको कारको ठक्करबाट तिलोत्तमा ४ बिष्णुपुराकी ३३ वर्षीय महिला मिरा गुरुङ्को ज्यान गएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
कारको ठक्करबाट गम्भिर घाईते मिराको उपचारका क्रममा क्रिमसन अस्पतालमा निधन भएको हो । सोही कारको ठक्करबाट उनीसंगै घाईते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।
ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिनुभयो ।