
बुटवल, ३ माघ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सातवटा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेको छ ।
कानूनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश नं. १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ ।
त्यस्तै सरकारले प्रदेश नं. १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गा खनाल, ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको छ ।