जेष्ठ नागरिकसंग बसेर पितृ श्राद्ध

1.3K

जेष्ठ नागरिकसंग बसेर पितृ श्राद्ध

बुटवल, ७ माघ। सामान्यतया पितृको बार्षिक श्राद्ध गर्दा ब्रामण बोलाएर पिण्ड दिने प्रचलन रहेको छ । तर बुटवलमा एक जना पत्रकारले भने पितृ श्राद्धमा ब्राम्हण बोलाएर पिण्ड दिन छाडेर बृद्धआश्रमका जेष्ठ नागरिकहरुलाई खाजा खुवाउंदै पिताको श्राद्ध गरेकाछन् ।

एबीसी न्युजका प्रदेश नम्बर ५ का प्रदेश प्रमुख शरण कर्माचार्यले आफ्नो पिताको श्राद्ध बृद्धआश्रममा गएर गरेकाछन् । बार्षिक तिथीकै दिन आश्रमका ९ जना जेष्ठ नागरिकहरुलाई खाजा खुवाउंदै कर्माचार्यले श्राद्ध गरेका हुन् ।

अनुत्पादक पिण्ड बनाएर पितृलाई पिचास बनाउंदै पिण्ड र तर्पण दिनुभन्दा जेष्ठ नागरिकसंगै बसेर खाजा खान पाउंदा आफ्ना पितृ प्रति श्रद्धा गरेको अनुभुति भएको खाजा खुवाउन बृद्धाश्रम पुगेका कर्माचार्यले बताए ।

उनले हरेक वर्ष आफ्नो माता र पिताको श्राद्ध फरकढंगले गर्ने गरेको बताए । आमाको श्राद्धमा कुष्ठरोग प्रभावितहरुसंग खाना खुवाउंदै गरेको र पिताको श्राद्ध जेष्ठ नागरिकसंग गरेको समेत कर्माचार्यले जानकारी दिए ।