बाम गठबन्धनका नेताले दिउँसै रात पार्ने दुष्प्रयास गरे : खाँण

1.3K

बाम गठबन्धनका नेताले दिउँसै रात पार्ने दुष्प्रयास गरे : खाँण

बुटवल, ७ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व रक्षा मन्त्री बालकृष्ण खाँडले बर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुसँग सपथ खादैनौ भनि अभिव्यक्ति दिएर बाम गठवन्धनका नेताहरुले दिउसै रात पार्ने दुस्प्रयास गरेको आरोप लगाउनु भएको छ ।
संबिधानमा प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्ने प्रष्ट उल्लेख हुदा हुदै पनि बर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुसँग सपथ ग्रहण नगर्ने अभिव्यक्ति दिएर बाम गठवन्धनका नेताहरुले दिउसै रात पार्ने दुस्प्रयास गरेको उहाँले बताउनु भयो ।

नेपाली कांग्रेस बुटवल उप महानगरसमितिद्वारा आइतवार बुटवलमा आयोजना गरेको नवनिर्वाचित ५ नम्बर प्रदेश सांसद तथा यस क्षेत्रका प्रतिनिधि सभा सदस्यहरुको स्वागत कार्यक्रममा बोल्दै कांग्रेस नेता खाँडले सरकारले पठाएका बिधेयकहरुमा प्रमाणिकरण नगर्न राष्ट्रपतिलाई निर्देशन दिनु र बर्तमान सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुसँग सपथ खादैनौ भन्ने अभिव्यक्ति गैर प्रजातान्त्रिक र गैरजिम्मेवार अभिव्यक्ति भएको दाबी गर्नुभयो ।

आफुलाई लोकतान्त्रिक दलको रुपमा चिनाउने प्रयास गरेपनि अन्य दलहरुको चरित्र अझै लोकतान्त्रिक हुन नसकेको भन्दै अहिलेको अवस्थामा नेपाली कांग्रेसबाट मात्रै लोकतन्त्रको रक्षा हुने उहाँले बताउनु भयो ।

नेपाली कांग्रेस बुटवल उपमाहानगर समितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व अर्थराज्य मन्त्रि तथा रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य भरतकुमार शाहा, पुर्व जलस्रोत राज्यमन्त्रि बिरेन्द्र कनौडिया श्रम राज्य मन्त्रि डिल्ली चौधरी, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादव, ५ नम्बरका जेष्ठ प्रदेशसभा सदस्य तथा सभामुख बलदेव शर्मा पोखरेल, नेपाली कांग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद बिरबहादुर राना, प्रदेश सांसदहरु सुरेन्द्र हमाल, बैजनाथ जैसवाल, भुवनेश्वर चौधरी, निर्मला क्षेत्री, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, क्षेत्रिय सभापति हरी लम्साल लगायतले बोल्दै अबको पाँच बर्ष कांग्रेस एक ढिक्का भएर संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिएका थिए ।