रुपन्देहीका छड सिमेन्ट उद्योगमा अनिश्चितकालिन ताला

636

रुपन्देहीका छड सिमेन्ट उद्योगमा अनिश्चितकालिन ताला

बुटवल, ९ माघ । छड तथा सिमेन्टमा भएको मुल्य बृद्धिको बिरोध गर्दै युवा संघ, तरुण दल तथा वाईसियल कार्यकर्ताले रुपन्देहीका उद्योगमा तालाबन्दि गरिदिएका छन् ।

छड तथा सिमेन्टमा बिना कारण उद्योगीहरुले मुल्य बृद्धि गरेको भन्दै रुपन्देहीको लुम्बिनी कोरिडोरमा रहेका अर्घाखाँची, जगदम्बा, सिद्धार्थ, सुप्रिम, पाठक, अग्नी, अम्बे, ब्रिज, पञ्चकन्या लगायतका ११ वटा उद्योगमा मुल्य बृद्धि नहुँदा सम्म अनिश्चितकालिन तालाबन्दि गरिएको युवा संघ रुपन्देहीका अध्यक्ष नकुल शाहीले जानकारी दिनुभयो ।

प्रदेश तथा प्रतिनीधि सभा निर्वाचन लगत्तै उद्योगहरुले छड तथा सिमेन्टमा चर्को मुल्य बृद्धि गरेको भन्दै व्यबसायीहरुले त्यसको बिरोध गर्नुका साथै प्रशासनलाई मुल्य बृद्धि फिर्ता गराईदिन माग गरेका थिए भने बिक्रि वितरण समेत बन्द गरेका थिए । बिक्रि वितरण बन्द गर्दा उपभोक्तालाई असहज भएको भन्दै व्यबसायीले बिक्रि वितरणको कार्यक्रम फिर्ता गरि बिरोध भने कायम नै राखेका थिए ।

सिमेन्ट उत्पादक संघका महासचिव बिदुर ढुंगानाले बिना जानकारी एकाएक आएर ताला लगाउनु राम्रो नभएको प्रतिक्रिया दिनुभयो । सिमेन्ट उत्पादन हुने कच्चा पदार्थहरुको मुल्य बृद्धि तथा ढुवानी भाडामा भएको मुल्य बृद्धिका कारण छड सिमेन्टको मुल्य बृद्धि गर्नुपरेको उहाँले बताउनु भयो ।