बृद्धाश्रमलाई दुहुनो गाई प्रदान

1.3K

बृद्धाश्रमलाई दुहुनो गाई प्रदान

बुटवल, ९ माघ । तिलोत्तमा नगरपालिका वडा नं. १ शिवचोक टोल बकास समितिले बुटवलको शिद्धबाबा दुर्गा भवानी बृद्धाश्रमलाई दुहुनो गाई प्रदान गरेको छ ।

बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई शुद्ध दुध खुवाउनकालागि टोल बिकास संस्थाले लैनो गाई प्रदान गरिएको शिवचोक टोल बिकास समितिका अध्यक्ष भेषराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार सो गाईले एकछाकमा ५ लिटर दुध दिने गरेको छ ।

मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको बृद्धाश्रममा एक कार्यक्रमका बिच बिमा सहितको ५० हजार मुल्य बराबरको गाई हस्तान्त्रण गरिएको हो । टोल बिकास समितिका पदाधिकारी, सदस्य तथा महिलाहरु समेतको सहकार्यमा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई खाद्यान्न समेत प्रदान गरिएको अध्यक्ष गैरेले जानकारी दिनुभयो ।