नेपालमा ५५ प्रतिशत स्वदेशी जुत्ता उपयोग

480

नेपालमा ५५ प्रतिशत स्वदेशी जुत्ता उपयोग

बुटवल, १० माघ । नेपालमा कुल खपत हुने जुत्ता मध्ये करिव ५५ प्रतिशत नेपाली उत्पादनको जुत्ता खपत हुने बताईएको छ । बाँकी करिव ४५ प्रतिशत जुत्ता बाहिरबाट आयात हुने गरेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताउनु भयो । नेपालका वार्षिक करिव ७ करोज जोर जुत्ता खपत हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जुत्ता उत्पादनकालागि प्रयोग हुने कच्चा पदार्थपनि आयातमै निर्भर हुनु परेको छ । उहाँका अनुसार नेपाली जुत्ता उत्पादनमा प्रयोग हुने कुल कच्चा पदार्थको ७० प्रतिशत बाहिरबाटै आयात गर्नुपर्छ । देशभित्र रहेका उद्योगहरुले कच्चा पदार्थको असहज आपुर्ती, कामदारको अभाव लगायतका कारणहरुले क्षमता अनुसारको उत्पादन गर्न नसकिरहेको उहाँले बताउनु भयो ।

२०७० सालमा आएको भुकम्पका कारण नेपाली उद्योगबाट उत्पादित जुत्ता तराईका जिल्लामा पठाउन सकिएको छैन । खुला सिमानाकाका कारण भारतबाट सस्तो जुत्ताहरु भित्रिरहेका कारण नेपाली जुत्ता तराईका दक्षिणी भेगमा खपत हुन छाडेको अध्यक्ष उपाध्यायले बताउनु भयो ।

त्यस्तै नेपाली उद्योगमा कामदारको अभाव उत्तिकै छ । अध्यक्ष उपाध्यायका अनुसार उद्योगमा काम दिएर काम सिकायो, काम सिकेपछि कामदार विदेश पलायन हुने समस्याले उद्योगीहरुले दिगो रुपमा कामदार पाउन सकिरहेका छैनन् ।

अहिले पनि नेपालका जुत्ता उद्योगमा ५५ हजार कामदारले प्रत्यक्ष रुपमा रोजगारी पाएको र साढे दुई लाखले अप्रत्यक्ष रुपमा काम गरिहेको उहाँले बताउनु भयो । मुलुकको अर्थतन्त्रमा सहयोग पु¥याईराखेको जुत्ता उद्योगको प्रवद्धनकालागि राज्यले खास केही नगरेको बताउँदै उहाँले फूटवेयरलाई पाठ्यक्रममा राखेर औद्योगिक मजदुर उत्पादन गर्न सरकारलाई आग्रह गर्नुभयो ।