तिलोत्तमा उवासंघको अधिवेशन : पदाधिकारीमा सर्वसम्मत

1.3K

तिलोत्तमा उवासंघको अधिवेशन : पदाधिकारीमा सर्वसम्मत

बुटवल, १० माघ । तिलोत्तमा उद्योग वाणिजय संघको चौथो साधारण सभा तथा दोश्रो अधिबेशन अन्र्तगत बुधबार उम्मेदवारी दर्ता भएको छ । माघ १३ गते शनिवार अधिबेशन तथा सधारण सभाको मिति तय भएपनि अधिबेशन अन्र्तगत उम्मेद्वारी दर्ताको कार्यक्रम बुधवारका लागि तय भएको थियो । संघ सचिवालय भलवारीमा भएको उम्मेद्वारी दर्तामा अध्यक्ष सहित पदाधिकारीमा एक एक जनाको मात्रै उम्मेद्वारी परेको छ भने १२ सदस्यका लागि २४ जनाको उम्मेद्वारी परेको छ ।

संघको अध्यक्षमा गुणनिधि भण्डारी (माधव), बरिष्ठ उपाधयक्षमा ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, बाणिजय उपाधयक्षमा हरीलाल पाण्डे, महासचिवमा कमल पौडेल, कोषाध्यक्षमा सुरज पंगेनी, सचिवमा बिष्णु भण्डारी, सहसचिवमा टिकाराम भण्डारी, सहकोषाध्यक्षमा अमृत भुसालको मात्रै उम्मेद्वारी परेपछी उहाहरु निर्बिरोध निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यमा शेरबहादुर थापा, चिरञ्जिवी बस्याल, पाराश्वर उपाध्याय, भुपेन्द्र राना, नरेशबहादुर क्षेत्री, कृष्णप्रसाद पाण्डे, दुर्गाप्रसाद पाण्डे, निराजन कडेल, निरञ्जन सिलवाल, रामनाथ शर्मा, राधिकादेवी शर्मा, रिता बस्याल, किशोर पंगेनी, शिवप्रसाद गैरे, संगिता गौतम, दिपक भण्डारी, मनोज पाण्डे, भोजराज कडेल, राजकुमार पाण्डे, तोलाकान्त अधिकारी, निरज कडेल, नारायण पौडेल, रामबहादुर भण्डारी र धनबहादुर गुरुङ्को उम्मेद्वारी परेको छ ।

आज बिहीवार उम्मेद्वार उपर दाबी बिरोध र शुक्रवार उम्मेद्वारी फिर्ताको कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । आगामी शनिवार उदघाट कार्यक्रम र बन्द सत्र सकिएपछी मतदानको कार्यक्रम पनि तय भएको छ ।