प्लाष्टिक पसलमा आगलागी, सवा करोडको क्षेती

1.3K

प्लाष्टिक पसलमा आगलागी, सवा करोडको क्षेती

बुटवल, २ फागुन । बुटवलमा प्लाष्टिक पसलमा आगलागी हुँदा करिव २ करोडको क्षेती भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थित संगम पथमा रहेको युनाइटेड प्लाष्टिक उद्योगको बिक्रि केन्द्र सुभ गौतम ईन्टरप्राईजेजमा मंगलबार राती आगलागी हुँदा करिव १ करोड २५ लाख रुपैंया बराबरको क्षेती भएको पसलका सञ्चालक जीवन गौतम उद्रित गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

राती करिव साढे ८ बजेतिर लागेको आगो बिहान पख मात्रै नियन्त्रणमा आएको थियो । बुटवल उप महानगरपालिकाको एकमात्र दमकलले आगो निभाउन नसकेपछि सिद्धार्थनगर, रामग्राम, कपिलबस्तु र बाणगंगा नगरपालिकाबाट दमकल ल्याईएको थियो । बुटवल उपमहानगरमा २ बटा दमकल भएपनि एउटा बिग्रिएको अबस्थामा रहेका र चालु अवस्थामा रहेको एउटा दमकलमा पनि प्रयाप्त पानी नभएकाले निभाउन समस्या भएको बताईएको छ ।

आगो कसरि लाग्यो भन्ने अझै खुलेको छैन । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भट्टराईले आगलागी हुनुको कारण अझै पत्ता नलागेको र अनुसन्धान भईरहेको बताउनु भयो । पसल रहेको घरमा आवासीय कोही नभएकाले आगो फैलिएपछि मात्रै थाहा भएको बताईएको छ ।

उक्त आगलागीको घटनाको रुपन्देही व्यापार संघले दुःख व्यक्त गरेको छ । व्यापार संघका साधारण सदस्य समेत रहनुभएका ब्याबसायी जीवन गौतमद्वारा संचालित उक्त ब्याबसाय प्रतिष्ठानमा आगलागी भएको लामो समय सम्ममा पनि नियन्त्रणमा लिन नसकेकोमा सम्बन्धित निकायप्रती संघको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी एबम बुटवल उपमहानगरपालिकाको मुख्य ब्यापारिक क्षेत्रमा आगलागी हुँदा दमकल लगाएतका नियन्त्रणका साधनहरुको कमि हुनु तथा समएमै नियन्त्रणका लागि उचित ब्यबस्थापन नहुनु सम्बन्धित निकाएको ध्यानमा कमि हुनु अत्यन्तै दुखको कुरा हो संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठ र महासचिव प्रकाश ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।