प्रदेश पाँचको सभामुखमा घर्ति निर्वाचित, अर्को बैठक ६ गते

1.3K

प्रदेश पाँचको सभामुखमा घर्ति निर्वाचित, अर्को बैठक ६ गते

बुटवल, २ फागुन । प्रदेश पाँचको सभामुखमा एमाले माओवादीको बाम गठबन्धनबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित हुनु भएको छ । प्रदेश पाँचको बुधबार भएको सभामुखको निर्वाचनमा संविधानको धारा १८२ को उपधारा १ तथा प्रदेश पाँचको अन्तरिम कार्यविधीको दफा ६ उपदफा १ बमोजिम उहाँ निर्बिरोध निर्वाचित हुनु भएको हो ।

बुधबार नै उहाँले सपथ ग्रहण गर्नुभएको छ । साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराउनु भएको थियो । प्रदेश सभामा सभामुखकालागि घर्तीको एकल उम्मेदवारी परेकाले सभामुखको भूमिका निर्वाह गर्नुभएका जेष्ठ सदस्य बलदेव शर्मा पाखरेलले घर्तीलाई निर्बिरोध निर्वाचित भएको घोषणा गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।

रुकुमबाट निर्वाचित घर्तीलाई सभामुखकालागि माओवादी केन्द्र पाँच नम्बर प्रदेशका प्रमुख सचेतक दधिराम न्यौपानेले प्रस्ताव गर्नुभएको थियो भने एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गर्नुभएको थियो । प्रदेश पाँचको संसदमा ८७ सदस्य मध्ये एमालेका ४१ तथा माओवादी केन्द्रको २० गरि ६१ सांसद छन् भने नेपाली काँग्रेसका १९ सांसद छन् । संसदको तेस्रो शक्ति नेपाली काँग्रेस तथा अरु पार्टीले उम्मेदवारी नदिएकाले घर्ति निर्बिरोध निर्वाचित हुनु भएको हो ।

मंगलबारको प्रदेश सभा बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएको जेष्ठ सदस्य पोखरेलले उपसभामुखको निर्वाचन गर्ने गरि यहि फागुन ६ गते आईतबारलाई अर्को बैठक आह्वान गर्दै सूचना प्रकाशनकालाई संसद सचिवालयलाई निर्देशन दिनुभयो ।