प्रहरी ईनकाउन्टरमा मारिएका मनोज र सोमबहादुर (फोटो फिचर सहित)

257

प्रहरी ईनकाउन्टरमा मारिएका मनोज र सोमबहादुर (फोटो फिचर सहित)

बुटवल, ९ फागुन । बिभिन्न हत्याका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन । रुपन्देहीको देवदहमा प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई लक्ष्यित गरी फायरिङ गरेपछि जवाफी कारवाहीमा उनी मारिएको रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

पुनसंगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन । रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा बुधबार बिहान करिव साढे ३ बजे भएको प्रहरीको जवाफी कारवाहीमा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको सव पोष्टमार्टमकालागि अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । पुन युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बसन्त पौडेलको हत्याका अभियुक्त हुन । उनी दुर्गाको हत्या भएलगत्तै २०७३ पुसको ४ गतेपछि फरार भएका थिए भने आफ्ना सहयोगी मार्फत फिरौती असुल गर्ने गरेको प्रहरीले बताएको छ ।

दुर्गाको हत्या भएको ठिक एक वर्षमा देवदहका अर्का युवा व्यबसायी बसन्तको हत्या भएको थियो । उक्त हत्याको समेत मनोजले जिम्मा लिएको थियो । भने विभिन्न स्थानमा भएका असफल आक्रमणका समेत मनोजले नै जिम्मा लिँदै आएको थियो ।

त्यस्तै असोज २३ गते काठमाण्डौको नयाँ बानेश्वरमा निर्वाण व्यबसायी महासंघका अध्यक्ष सरदकुमार गौचनको हत्याको जिम्मा लिएको थियो ।