बुटवल, १५ फागुन । सिरियामा बहुराष्ट्रिय सेनाले निर्दोष जनतामाथि चरम दमन गरेको तथा मृतकको आत्माको शान्तिको लागि भन्दै मंगलबार बुटवलमा दिप प्रज्वलन गरिएको छ ।
मुस्लिम युवा समूह रुपन्देहीले बुटवलको ट्राफिक चोकमा दिप प्रज्वलन गरी मृतकको चिरशान्तिको कामना तथा द्वोन्दले कसैलाई पनि हित नगर्ने भएकाले शान्तिको वाटो अपनाउनुपर्ने सन्देश दिनकलागि कार्यक्रमको आयोजना गरिएको मुस्लिम युवा समूहका अध्यक्ष मोहमद सलमानले बताउनुभयो ।
सिरियामा भएको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्ध विरामको प्रस्तावलाई तत्काल लागू गर्न अनुरोध गर्दै मुस्लिम युवा समूहले बार्ताको लागि मार्ग प्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह पनि गरेका थिए ।
कार्यक्रममा नेपाल तरुण दल बुटवल उपमहानगर पालिकाका कोषाध्यक्ष सुदिप गुरुङ्ग, तरुण नेता अर्जुन गुरुङ लगायतले वोल्दै सर्वसाधारण तथा अवोध वालवालिकाले वाच्न पाउने अधिकारको सुनिस्चितता हुनुपर्नेमा जोड दिनुभयो ।