नेपाल दशनामी युथ गठन

1.3K

नेपाल दशनामी युथ गठन

बुटवल, २१ फागुन । देशभर रहेका दशनामी युवाहरुलाई सामाजिक लगायत विविध कार्यहरुमा सक्रिय गराउने उद्देश्यले नेपाल दशनामी युथ गठन गरिएको छ ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा उद्धव वनको अध्यक्षतामा १७ सदस्यि केन्द्रीय समिति गठन गरिएको हो ।संस्थाको वरिष्ठ उपाध्यक्षमा सिता गिरी, उपाध्यक्षमा लक्ष्मी गिरी, सचिव प्रकाश गिरी, सहसचिव सिता गिरी, कोषध्यक्षमा लक्ष्मी गिरी र प्रशासनमा रामचन्द्र गिरी रहनु भएको छ ।

कार्यसमिति सदस्यमा लिला गिरी, देबी गिरी सुशिल गिरी, विशाल गिरी, दुर्गा गिरी, शैलेन्द्र गिरी, विरेन्द्र गिरी, सुस्मिता गिरी, मिलन गिरी र नविन गिरी रहनु भएको छ ।

नेपाल सरकारका उपसचिव डिलाराम गिरीले संस्थाको उद्घाटन गर्दै सामाजिक कार्यका लागि युवाहरु संगठित हुनु समाज र देशकैलागि सकरात्मक सन्देश रहेको बताउनुभयो । देश विकासमा युवाहरुको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्दै उहाँले देश र समाज रुपान्तरणकालागि सिर्जनात्मक कार्य गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष धुव्र गिरी, सदस्य अशोक गिरी, रुद्र गिरी, मीना गिरी भारती लगायतले युवा संस्थाको लागि हरेक पाइलामा सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

संस्थाको कार्यालय काठमाडौंको कोटेश्वरमा राखिने छ । समाजिक संजाल फेसबुकमा सिमित रहेको ग्रुपले संस्था दर्ता गरेर दशनामी युवाहरु एकिकृत गर्ने कार्य अघि बढाएको हो । केहि समय अघि नविन गिरीले फेसबुकमा ग्रुपको सुरुवात गर्नु भएको थियो ।