बुटवल । आठ वर्ष अंगाडी बुटवलको जेसिजचोक नजिकै रहेको विष्णु भण्डारी स्टोर्सका सञ्चालक रमेश भण्डारी र श्रीमती आशा भण्डारी हत्या काण्डका मुख्य सुटरलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतबार ईलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरि शनिबार वेलहीयाबाट पक्राउ परेका दुधराक्ष–२ रुपन्देहीको अर्जुन गौतमलाई सार्वजनिक गरेको हो ।
२०६७ साल असार ९ गते दिउँसो सवा तिन बजेको समयमा उक्त स्टोर्सका सञ्चालक विष्णु भण्डारी र उहाँकी श्रीमती आशा भण्डारीको गोली हानी हत्या भएको थियो । भण्डारी दम्पत्तिको हत्या भएको करिव १ महिनाको अन्तरालमा हत्याको मुख्य योजनाकार भोलेबाबा भनिने शम्भु गौतम सहित सहयोगीहरु निमप्रसाद थापा, श्यामप्रसाद विक, पुरन श्रीस र राजु गलामीलाई प्रहरीले पक्राउ गरि अदालतको आदेश अनुसार थुनामा छन् । उक्त घटनामा संलग्न मुख्य सुटर अर्जुन गौतम र सहयोगी उनका सहोदर दाजु कृष्ण गौतम प्रहरीको खोजीमा थिए । हत्या गरेर फरार रहेको अर्जुन लुकिछिपी नेपाल आउने सूचनाका आधारमा वेलहीयाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । उक्त घटनाका दोसी कृष्ण अझैपनि फरार रहेको र उसको खोजीकार्य जारी रहेको उहाँले बताउनु भयो । उक्त घटनाका मुख्य सुटर अर्जुन त्यस अंगाडी पनि पेस्तोल तथा गोली सहित पक्राउ परेको थियो ।