दश करोड लगानीमा नमुना अटोजोन

1.3K

दश करोड लगानीमा नमुना अटोजोन

बुटवल, १२ चैत । रुपन्देहीको मुख्य दुई शहर बुटवल र भैरहवाको मध्ये भागमा पर्ने तिलोत्तमा नगरपालिकाको मणिग्राममा करिव १० करोड लगानीयमा अटोजोन सञ्चालन गरिएको छ ।

त्यस क्षेत्रका युवा व्यबसायीहरु नारायण पोखरेल, प्रेमनाथ पाण्डे र ठाकुरप्रसाद वञ्जाडेको संयुक्त लगानीमा तिलोत्तमा नगरपालिका वडा नं. ५ मा मसिर ग्यारिज युकेको एमजी ब्राण्डको शोरुम सहित सबै कम्पनीका कारहरुको पार्टस् तथा मर्मत समेत गर्नेगरी स्पिड एण्ड साईन अटोजोन प्रा.लि.को आईतवार औपचारिक रुपमा शुभारम्भ गरिएको हो ।

मरिस ग्यारिज युकेको एमजी ब्राण्डको आधिकारिक विक्रेता समेत रहेको उक्त प्रालिको आईतबार तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपि कंडेलले रिवन काटेर उद्घाटन गर्नुभयो । अटोजोन प्रालिको औपचारिक शुभारम्भमा उहाँले नेपालमै नमुना रहेका प्रविधी तिलोत्तमामा भित्र्याएर नविन सेवा प्रदान हुनु यस क्षेत्रकै गौरव रहेको बताउँदै निरन्तरता र सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

मल्टी ब्राण्ड सर्भिस सेन्टरका रुपमा बिकास गर्नेगरी सञ्चालन सुरु गरिएको अटोजोनमा हाल अटोमेटिक सिस्टममा कार धुलाई, अटोमेटिक डेन्टिङ् पेन्टिङ, थ्रिडी ह्वीर ईलाजमेन्ट (कम्प्युटर प्रविधिको प्रयोग गरेर चेकजाँच गर्ने प्रविधिी), गाडीको फल्ट पत्ता लगाउन स्क्यानर, ह्वील व्यालेन्सीङ्, मेसिनबाट टायर झिक्ने राख्ने लगायतका नया प्रणाली अनुसार काम गरिने सञ्चालक नारायण पोखरेलले बताउनु भयो ।

अटोमेटिक सिस्टमबाट कार धुलाई गर्ने प्रविधी काठमाण्डौ बाहिर नेपालमै पहिलो रहेको र अन्य स्थानमा भन्दा शुलभ दरमा कार धुलाई गरिने अर्का सञ्चालक प्रमेनाथ पाण्डेले जानकारी दिनुभयो । एउटा कार धुलाई गर्नकालागि करिव १० मिनेटको समय लाग्ने बताउँदै उहाँले दैनिक ६०÷७० वटा कार धुलाई गर्ने सकिने क्षमता आफूहरुको अटोजोनमा रहेको जानकारी गराउनु भयो ।


त्यस्तै प्रालिले कम्पनीमा हुने डेन्टिङ् पेन्टिङ् भन्दा कुनै कमि नहुने गरी विशेष प्रविधीयुक्त डेन्टिङ् पेन्टिङ् गर्ने व्यबस्था गरेको छ । अहिले एउटा कार डेन्टिङ् पेन्टिङ् गर्न धेरै महिना लाग्ने गरेको र ग्यारेजवालाले समयमा पनि दिन नसक्ने समस्या रहेको बताउँदै आफूहरुले डेन्टिङ् पेन्टिङ्कालागि ग्राहकसंग सम्झौता गरेर समयमै काम गर्ने प्रतिवद्धा व्यक्त गर्दै अर्का सञ्चालक ठाकुरप्रसाद वञ्जाडेले एउटा कार डेन्टिङ् पेन्टिङ्मा २ महिना भन्दा बढी समय नलगाईने बताउनु भयो । ‘हामीले आफैले पनि डेन्टिङ् पेन्टिङ्मा धेरै समस्या भोग्नु परेको छ ।’ उहाँले भन्नुभयो–‘हामीले भोगेका समस्या हाम्रा ग्राहकले भोग्नु पर्दैन ।’

त्यस्तै प्रालिले गाडीको मर्मत सम्भारपछि होम डेलीभरी र घरमै सर्भिसको समेत व्यबस्था मिलाएको छ भने नियमित आउने ग्राहकलाई मेम्बरशिप कार्ड दिईने र विशेष छुटको व्यबस्था मिलाईने सञ्चालकहरुले बताए । रुपन्देही जिल्लामा अटो क्षेत्रमा धेरै सम्भावना पनि देखिएको र आवश्यकता पनि उत्तिकै रहेकाले यस क्षेत्रमा ठूलो लगानी गरिएको सञ्चालक पोखरेलले बताउनु भयो ।