काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले सत्तारूढ दलको एक घटक राप्रपा नेपालको तर्फबाट मन्त्री भएका सभासदहरूलाई सपथ खुवाएका छन्। सपथ खानेमा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही, भूमिसुधार मन्त्रालयको राज्य मन्त्रीमा बिक्रमबहादुर थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई खुवाएका हुन्। स्थानीय विकास सहायक मन्त्रीमा विराज विष्टलाई पनि मन्त्रीको सपथ खुवाएका छन्।
यससँगै ओली मन्त्रिपरिषद् ३० सदस्यीय भएको छ। उपप्रधानमन्त्री ६ जना छन् भने १७ मन्त्री छन्। राज्यमन्त्री चार र सहायमन्त्री दुई जना भएका छन्। तस्विर अनलाई