काठमाडौं/नेपाल आयल निगमले सरकारी चासो नहुदाँ वैकल्पिक उपायबाट इन्धन ल्याउन नसकिएको बताएको छ। निगमले आफ्नै कार्यलय बबरमहलमा पत्रकार सम्मेलन गरी तत्काल वैकल्किप उपायबाट तेल ल्याउन नसकिने बताएको हो ।उसले तेल वितरणमा अझै समस्या ररिरहेको बताएको छ। निगमका कार्यकारी निर्दैशक गोपाल खड्काले सरकारले वैकल्पिक उपायबाट इन्धन नल्याएसम्म वितरण प्रक्रिया सहज नहुने जिकिर गरे ।इन्धन ल्याउन चासो देखाएका ११ कम्पनीमध्ये २ वटा पेट्रोम्याक्स र विराट छानिएपनि विराटले हात झिकेका कारण तेल ल्याउन समस्या भएको उनको भनाई छ।इन्धन अभाव भएकाे भन्दै खड्काले सुरक्षा निकाय र अत्यावश्यक निकायलाई बाहेक अन्यलाई अब तेल दिन नसकिने खड्काले बताए। हवाइ इन्धनको पनि अभाव भएको भन्दै खड्काले भोलिबाट आन्तरिक उडानमा समस्या हुने बताए।नेपाल आयल निगमले २ महिनासम्म आयात भएको इन्धनको परिमाण कोटा प्रणालीबाट वितरण भैसकेको जनाएको छ। निगमको मौजात इन्धन अन्तिम अवस्थामा आइसकेको भन्दै निर्देशक खड्काले अहिले वितरण गरिरेहको प्रणालीबाट पनि अव इन्धन दिन नसकिने जानकारी गराए।इन्धन वितरण प्रक्रिया व्यवस्थित गर्न नसकेको स्वीकार गर्दै खड्काले अन्य वैकल्पिक उपायबाट इन्धन आयात गर्न गरेको तयारीमा समेत आफूहरु सुक्ष्म हुन नसकेको स्वीकार गरे।योजित पत्रकार सम्म्ेलनमा वैकल्पिक उपायबाट इन्धन ल्याउन चासो देखाएको २२ वटा निजी कम्पनीहरु मध्ये सम्र्पकमा आएकाबाट ११ वटालाई अनुमति दिएको र त्यसमध्ये विराट कम्पनीले सम्झौताबाट हात झिकिसकेको जानकारी गराइयो। पेट्रोम्यासले भने कोलकत्ताबाट ल्याउन नसकेर बङ्लादेशबाट इन्धन ल्याउने तयारी गरिरहेको निर्देशक खड्काले बताए। साथै विराट कम्पनीले आफै आयात गरेर तेल बेच्न भने पाउने उनले जानकारी दिए। सम्झौता खारेज भएसँगै विराटले २० करोड रुपैयाँसमेत फिर्ता गरिसकको निगमले जानकारी दिएको छ।इन्धन आयातको लागि एकै पटकमा ठूलो लगानीको आवश्यक पर्ने हुँदा पनि निजी क्षेत्रले चासो नदेखाएको हुन सक्ने उनको भनाई छ।नेपाल आयल निगमले असहज परिस्थिति आइसककोले लाइनमा बसेका उपभोक्तालाई समेत लाइनबाट हट्न अपिल गरेको छ। अबको दिनमा निगमले सरकारको निर्देशन बमोजिम काम गर्ने प्रतिबद्धता खड्काले व्यक्त गरे।अब नेपाल आयल निगमले सरकारबाट तोकिएको मूल्यमा सुझाव लिएर मात्रै निर्णय गर्ने प्रतिबद्धता जनाएको छ। निर्देशक खड्काले भने ‘हामीहरु आफैले गरेको गृहकार्यमा आफै सफल हुन सकेनौँ।’ सरकारबाट ठोस निर्णय आएपछिमात्र वैकल्पिक उपायमा आफूले प्रक्रिया अगाडि बढाउने खड्काले बताए।अहिलेसम्म निगमका ६६ पेट्रोलका ट्याङ्कर २ सय ५१ ट्याङ्कर डिजेल, ४ मट्टितेलका ट्याङ्कर र १५ ट्याङ्कर हवाई इन्धन तथा ३ सय ५१ बुलेट ग्यास भारतीय नाकाबन्दीका कारण नाकामै रोकिएको उनले बताए।पेट्रोलको केही परिमाण चीनबाट आयात गरिए पनि ग्यासका सम्बन्धमा भने अहिलेसम्म कुनै पनि उपाय भइनसकेको उनले बताए। रोकिएका बुलेट नआएसम्म कुनै विकल्प नरहेको खड्काले बताए।