
बुटवल, चैैत । दुई साता अघि बुटवलमै २० औं तिलोत्तमा गोल्ड कपको उपाधि जितेको थ्रीस्टार क्लब काठमाडौंले तेस्रो मदन भण्डारी गोल्डकपको उपाधि जितेको छ । सोमवार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोल अन्तरले स्तब्ध बनाउंदै थ्री स्टारले उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमै विमल रानाको हेड गोल मार्फत अग्रता लिए पनि मनाङले नतिजा आफ्नो पक्षमा पार्न सकेन ।
पहिलो हाफमा १ शुन्यले अग्रता कायम गरेको मनाङल दोस्रो हाफमा कुनै गोल गर्न नसक्दा उपविजेतामा चित बुझाउन परेको छ । खेलको ६७ औं मिनेटमा थ्रि स्टारका अनन्त तामाङले गोल फर्काएर बराबरीमा पु¥याए भने ८१ औं मिनेटमा विदेशी खेलाडी मार्टिनले निर्णायक गोल गरेर टिमलाई जित दिलाए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मनाङलका अन्जन विष्ट घोषित हुदै नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन ।त्यस्तै प्रतियोगिताको उत्कृष्ट रक्षक थ्रि स्टारका पिटर, उत्कृष्ट गोलकिपर आयोजकका विनायक श्रेष्ठ, उत्कृष्ट फरवाड थ्रि स्टारका मार्टिन उत्कृष्ट मिड फिल्डर थ्रि स्टारका निराजन खडका, सर्वाधिक गोल कर्ता मनाङका अन्जन विष्ट र उतकृष्ट प्रशिक्षक थ्रि स्टारका मेघराज केसी घोषित भै जनही १५ हजार नगद पुरस्कार पाएका छन ।
फाईनल प्रतियोगिताको म्यान अफ दी म्याच थ्रि स्टारका अनन्त तामाङ घोषित भै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन । उपाधिसंगै थ्रीस्टारले नगद १५ लाख हात पारेको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ को आयोजनामा संचालित मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपविजेता मनाङले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा विजेता तथा उपविजेतालाई प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले पुरस्कार प्रदान गर्नु एको हो ।