जनक शिक्षाको ढिलासुस्तीले विद्यार्थी मारमा ,नयाँ शैक्षिक सत्रमा पुस्तक आउने संभावना कम

1.2K

जनक शिक्षाको ढिलासुस्तीले विद्यार्थी मारमा ,नयाँ शैक्षिक सत्रमा पुस्तक आउने संभावना कम

श्यामलाल पोखरेल/बुटवल, २१ चैत । पुस्तक उपलब्ध गराउन नसकेर आलोचित बन्दै आएको जनक शिक्षा सामाग्री केन्द्रले अहिले आएर आवश्यक पुस्तकहरु उपलब्ध गराउने बताएको छ ।

शैक्षिक सत्र भित्र पुस्तक पु¥याउन नसकेर विगतदेखि जनक शिक्षा आलोचित बन्दै आएको छ । अब आउंदै गरेको नयाँ शैक्षिक सत्रमा विद्यार्थीलाई सहज रुपमा पुस्तक उपलब्ध गराउने भन्दै बुटवलमा जनक शिक्षा सामाग्री केन्द्रको क्षेत्रीय कार्यालय स्थापना गरिएको छ ।

गत चैत १ गतेदेखि कार्यालय स्थापना गरिएपनि अहिलेसम्म पुस्तक भने वितरण गरिएको छैन । जनक शिक्षा सामाग्री केन्द्रले बुटवलमा स्थापना गरिएको क्षेत्रीय कार्यालयको चैत २६ गते उद्घाटन गरी पुस्तकहरु वितरण गर्ने तयारी गरेको छ ।

भटाभट पुस्तकहरु वितरण गर्ने बेलामा जनक शिक्षा सामाग्री केन्द्र बुटवलले कार्यालय उद्घाटन गर्न समेत भ्याएको छैन । केन्द्रले नयाँ शैक्षिक सत्रको मुखमा कार्यालय उद्घाटन र व्यवस्थापन मै दिन बिताएकाले यस नयाँ शैक्षिक सत्रमा पनि विद्यार्थीले पुस्तक पाउने सम्भावना देखिएको छैन ।

अवको १० दिनपछि नयाँ शैक्षिक सत्र शुरु हुंदै छ, तर कार्यालय स्थापना गरेको झण्डै तीन साता वितिसक्दा पनि जनक शिक्षाले पुस्तक वितरण गरेको छैन । तर उसले आउने शैक्षिक सत्रमा पुस्तक अभाव हुन नदिने बताएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र बुटवल क्षेत्रीय कार्यालयका प्रमुख धनबहादुर केसीले अहिले पुस्तक अभाव नहुने बताउनुभएको छ । उहांले समयमा नै पुस्तक पु¥याउने गरी पुस्तकहरु छाप्ने काम भैरहेको बताउनुभयो ।

क्षेत्रीय कार्यालय बुटवलका प्रमुख केसीका अनुसार अहिलेसम्म ३७ हजार ९ सय ५० थान पुस्तक बुटवल झारिएको छ ।

लुम्बिनीको रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखांचीको कक्षा छ देखि १० सम्मका विद्यार्थीलाई २ लाख २५ हजार सेट पुस्तक आवश्यक पर्छ । तर अहिलेसम्म पुस्तक कम आएका छन् भने वितरण समेत शुरु गरिएको छैन । कक्षा छ देखि १० सम्मका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई सरकारले पुस्तक छापेर वितरण गर्न अनुमति दिएको छ ।
सरकारले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पु¥याउने गरी वजेट उपलब्ध गराएपनि जनक शिक्षाले सधै ढिलाई गर्ने गरेको छ । जसका कारण समयमा पुस्तक नपाउंदा विद्यार्थी पढ्नबाट बन्चित हुंदै आएका छन् ।

कक्षा छ देखि १० कक्षा सम्मका पुस्तकहरु विक्रीका लागि रुपन्देहीमा करिव ३० वटा आधिकारिक विक्रेता रहेको पुस्तक व्यवसायीले बताएका छन् ।

कक्षा १ देखि कक्षा ५ सम्मका लागि नीजि प्रकाशन गृहले छाप्ने भएकाले समस्या नभएको र सरकारी विद्यालयका लागि जनक शिक्षाले छाप्ने भएकाले समस्या रहदै आएको व्यवसायीको भनाई छ । जनक शिक्षाले पुस्तक समयमा दिए सबै जिल्लामा छिट्टै पुस्तकहरु पुराईने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष रामकृष्ण चापागाईले बताउनुभयो ।
यस शैक्षिक सत्रमा आधिकारिक विक्री केन्द्रहरुबाट पुस्तक वितरण गरिने र अर्को शैक्षिक सत्रका लागि सहकारीको माध्यमबाट विद्यार्थीको हातमा छिटो पुस्तक पु¥याउने तयारी गरिएको उपाध्यक्ष चापागाईले बताउनुभयो ।

लुम्बिनी अञ्चलका छ जिल्लासहित प्युठान र रोल्पामा पुस्तक पु¥याउने अधिकार जनक शिक्षा सामाग्री केन्द्र बुटवललाई छ । तर जनक शिक्षा सामाग्री केन्द्र बुटवलको भर नभएकाले प्युठान र रोल्पाले काठमाण्डौ र नेपालगञ्जबाट पुस्तक लगिसकेका छन् ।

नीजी क्षेत्रसंग प्रतिष्प्रधा गर्न खोज्दा जनक शिक्षा पछि परेको जानकारहरुले बताएका छन् । राज्यको लगानीमा अत्याधुनिक मेशीन र पैसाको अभाव नभएको संस्था जनक शिक्षा सामाग्री केन्द्रले सधै ढिलासुस्ती गर्दा विद्यार्थी मारमा परेका छन् ।

वर्षेनी पुस्तक नपाएर विद्यार्थी पढ्नबाट बन्चित हुंदा पनि विद्यार्थी संगठन र शिक्षाको क्षेत्रमा कामगर्ने सरकारी र गैरसरकारी संघसस्थाहरु भने सधै रमिते बन्ने गरेका छन् ।