सामुदायिक बिद्यालयमा शौचालय निर्माण

1.3K

सामुदायिक बिद्यालयमा शौचालय निर्माण

बुटवल, चैत । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले साताव्यापी बिबिध कार्यक्रम सहित क्लवको सातौं स्थापना दिवस मनाएको छ ।

क्लवले जिल्लाका बिभिन्न स्थानमा सामाजिक काम गर्दै स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा क्लवले सियारी गाउँपालिकामा रहेको सामुदायिक बिद्यालय दुर्गादेवी निमाविमा शौचालय निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गर्नुका साथै देवदहको टटेरामा रहेको बौद्ध गुम्बा संरक्षणकालागि तारजाली प्रदान, रक्तदान तथा बृद्धबृद्धा सम्मान, अन्तर रोटरी रोट्रयाक्ट फूटसल प्रतियोगिता, पौडी प्रतियोगिता लगायतका कार्यक्रम गरिएको क्लवका अध्यक्ष रमेश खनालले जानकारी दिनुभयो ।

क्लवको सातौं स्थापना दिवसको औपचारिक कार्यक्रम सोमबार बुटवल उपमहानगरपालिका वडा नं. २० पत्थरगंञ्जमा गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै डिष्ट्रिक्का एसिस्टेन्ट गभर्नर तथा क्लवका पूर्व अध्यक्ष बालकृष्ण अर्यालले रोटरी क्लव समाज रुपान्तरणका लागि स्थापना भएकाले सामाजिक भावनाले काम गर्नुपर्ने बताउनु भयो । उहाँले रोटरी तिलोत्तमा रुपन्देहीले गरेका कार्यक्रम सह्रानीय रहेको पनि बताउनु भयो ।

क्लवका अध्यक्ष रमेश खनालको अध्यक्षतामा भएको कार्यक्रममा पे्रसिडेन्ट ईलेक्ट ओमप्रकाश अर्याल, पे्रसिडेन्ट नोमिनी कृष्णप्रसाद शर्मा, कार्यक्रम संयोजक गोपालप्रसाद ज्ञवाली, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहका अध्यक्ष माधव आचार्य, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष बिक्रम क्षेत्री लगायतले भनाई राख्नुभएको थियो ।