बुटवल/बुटवलको भाट भटेनी सुपर मार्केटमा आगलागि भएको छ ।बुटवल ८ सुख्खानगर स्थित सुपरमार्केटमा आज बिहान ४ बजेदेखि आगोलागी भईरहेको छ ।
मर्केटको माथिल्लो तलाबाट आगो लागेको हो । अहिले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकलले प्रयास गरीरहेपनि उचाईमा रहेकाले नियन्त्रण हुन सकिरहेको छैन । आगो नियन्त्रणका लागि अन्य स्थानका दमकल पनि बोलाइएको छ । सुपर मार्केटमा आगोलागि भएपछी अहिले ठुलो सख्यामा सर्बसाधारण र सुरक्षाकर्मी पुगेका छन ।