
बुटवल, चैत । प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झाले आईतवार प्रदेशको अस्थायी राजधानी वुटवलमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा प्रदेश नं. ५ को सम्मृद्धिको आधारको रुपमा कृषि, उद्योग र पर्यटनको विकासलाई नै प्राथमिकतामा राखिएको छ ।
यसैगरी प्रदेश अन्तरगतका आर्थिक तथा सामाजिकरुपले सबैभन्दा पछाडि परेका पहाड र तराई क्षेत्रका गाउँपालिकालाई लक्षित गरी समष्टिगत विकासको योजना र कार्यक्रम सहित “मूख्यमन्त्री ग्रामिण विकास कार्यक्रम” लागू गरिने कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा मुख्यमन्त्रीको अध्यक्षतामा सुशासन, अनुगमन तथा मूल्याङ्कन संयन्त्रको स्थापना गरिने, प्रदेशमा अत्यावश्यक वस्तु तथा सेवाको सहज, सुलभ र नियमित आपूर्तिका लागि सार्वजनिक, नीजि तथा सहकारी सहकार्यको प्रणालीलाई स्थापित गरिने उल्लेख छ ।
यसका साथै उपभोक्ता हक, अधिकार संरक्षण तथा प्र्रवद्र्धन गरिने व्यवस्था मिलाइने, कृत्रिम अभाव, गुणस्तरहीन उपभोग्य वस्तुको बेचविखन, भ्रमपूर्ण विज्ञापन, नापतौल ठगीे नियन्त्रण तथा सिन्डिकेट र कार्टेलिङको अन्त्य गरी स्वस्थ प्रतिस्पर्धा बजार व्यवस्थालाई प्रोत्साहन गरिने कार्यक्रममा उल्लेख छ ।
प्रदेशमा रहेको जैविक एवं साँस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको संरक्षण तथा पर्यटन पूर्वाधारको विकासको माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिईने कार्यक्रममा उल्लेख छ ।
लुम्बिनी लगायतका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरुको बसाई अवधि बढाउनका लागि सम्भाव्यता अध्ययन गरी कार्यक्रम सञ्चालन गरिने, नयाँ पर्यटकीय गन्तव्यका लागि मोनो रेल, क्यानोयिंग, ट्रेकिङ्ग, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, गार्डेन सिटी, केवलकार, भिलेज, होमस्टे, हिल स्टेशन आदिको सम्भाव्यता अध्ययन गरी विकास गर्दै लगिने कार्यक्रममा उल्लेख छ ।