शिक्षा मन्त्रि तथा एनेकपा माओबादीका केन्द्रिय सचिव गिरिराज मणि पोखरेलसंग एन आर एन बेल्जियमको अन्तरक्रिया सम्पन्न (फोटो फिचरसहित )

1.4K

शिक्षा मन्त्रि तथा एनेकपा माओबादीका केन्द्रिय सचिव  गिरिराज मणि पोखरेलसंग  एन आर एन बेल्जियमको अन्तरक्रिया सम्पन्न (फोटो फिचरसहित )

बेल्जियम
कार्तिक २३

एन आर एन बेल्जियम द्वारा नेपाल सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेल संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ |नेपालको संविधान २०७२ कार्यन्वयनमा देखियका चुनौती र सामाधानहरू बिषय अन्तर्गत एन आर एन बेल्जियमले अन्तरक्रिया गरेको थियो |

अपर्झट आयोजना गरियको हुनाले कार्यक्रममा उपस्थित संख्या न्यून रहेको आयोजकले जानकारी दियका छन |अन्तरक्रिया कार्यक्रममा एन आर एन केन्द्रिय सचिव अर्जुन कुमार श्रेस्ठ,यूरोपियन सहसंयोजक प्रेम गुरुङ ,नेपाली दुताबास बेल्जियमका उपनियोग प्रमुख घनश्याम भण्डारी ,एन आर एन बेल्जियमका अधक्ष्य गंगाधर गौतम लगायतको उपस्थिति रहेको छ  |

यसैगरेर  शिक्षा मन्त्रि पोखरेलले हिजो ब्रसेल्सका बिभिन्न स्थानको भ्रमण गर्नुभयको थियो   | एनेकपा माओबादी निकट जन प्रगतिशील मंच बेल्जियमका कार्यकर्ताहरुले यूरोपियन यूनियन लगायत बिभिन्न स्थानमा  घुमफिर गरायका छन | बेल्जियम सरकार संग भने कुनै पनि औपचारिक कार्यक्रम तह नभयको बुझियको छ |

शिक्षा मन्त्रि तथा एनेकपा माओबादीका केन्द्रिय सचिव क. गिरिराज मणि पोखरेल शनिवार  बेल्जियम आइपुग्नु भयको थियो |यूनेस्कोको ३८औ साधारण सम्मेलनमा आउनुभयका शिक्षा मन्त्रि कार्यक्रम सकेर अनौपचारिक रुपमा   बेल्जियम आउनुभयको हो  | |मन्त्रिलाइ  बेल्जियममा एनेकपा माओबादीका कार्यकर्ताहरुले स्वागत गरेका थिय |

जन  प्रगतिशील मंच बेल्जियमले मन्त्रि पोखरेललाई नेपालको शैक्षिक क्षेत्रमा भएका समस्या, बिसंगतिहरु र त्यसको सुधारको लागी तत्काल तथा दिर्घ कालिन निति निर्माणमा सुधार गर्नु पर्ने सुझावहरु  हस्तानतरण गरिने मंचले जनायको छ |

साथै मन्त्रि पोखरेलले आफ्ना पार्टी कार्यकर्ताहरु संग पनि विशेष  भेटघाट गरिसक्नुभयको छ |

 

 

gri34

पार्टी कायकर्ता संग शिक्षा मन्त्रि पोखरेल /

 

giri5

बेल्जियमको राजधानी ब्रसेल्समा   घुमफिर गर्दै  शिक्षामन्त्री पोखरेल 

giri3

एनेकपा माओबादी निकट जन  प्रगतिशील मंच बेल्जियमका कार्यकर्ताहरुसंग  मन्त्री पोखरेल

 

giri1

 

giri