काँग्रेस रुपन्देहीले पूर्णता पायो

1.3K

काँग्रेस रुपन्देहीले पूर्णता पायो

बुटवल, बैशाख । नेपाली काँग्रेस रुपन्देहीले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ । बुधबार पार्टी कार्यालयमा बसेको कार्यसमिति बैठकले कार्यसमितिको उपसभापति पदमा फणेन्द्र शर्मा, सचिवमा हरि काफ्ले र सहसचिवमा सुनिल मरासिनीलाई मनोनित गरिएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

बैठकमा सभापति अब्दुल रज्जाकले पदाधिकारी मनानयन गर्नुभएको र बैठकले अनुमोदन गरेको उहाँले जानकारी गराउनु भयो । पार्टीको महाधिवेशन भएको दुई वर्षमा जिल्ला कार्यसमितिले पूर्णता पाएको हो ।

तर निर्वाचनमा उम्मेदवार बनाउने देखि सबै कुरामा नेतृत्वले एकलौटी निर्णय गरेको भन्दै चार जनाले उक्त निर्णयको बिरोध गरेका छन् । क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मात्रिका यादव, क्षेत्र नं. २ का सभापति हरि लम्साल, जिल्ला सदस्यहरु विष्णु थापा र गोविन्द लम्सालले उक्त निर्णयमा नोट अफ डिसिजन लेखेको क्षेत्र नं. २ का सभापति हरि लम्सालले जानकारी दिनुभयो ।