मनोज पुनका सहयोगी सुजु मल्ल र उत्तम आचार्यलाई एमालेद्धारा कार्वाही

847

मनोज पुनका सहयोगी सुजु मल्ल र उत्तम आचार्यलाई एमालेद्धारा कार्वाही

बुटवल, बैशाख । प्रहरी ईन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई अपराधिक गतिबिधिमा सघाएको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रिय सदस्य सुजु मल्ल र युवा संघका पुर्व नेता उत्तम आचार्यलाई नेकपा एमाले रुपन्देहीले पार्टिबाट निष्कासन गरेको छ ।

शनिबार बसेको पर्टिको जिल्ला पदाधिकारि बैठकले मल्ल र आचार्यलाई पार्टिको बिधान, निति र सिद्धान्त बिपरितको आचरणमा संलग्न रहेको भन्दै साधारण सदस्य समेत नरहेने गरि निस्कासन गरेको हो ।

कारबाहिबाट प्रहरि प्रशासनको अुसन्धानमा थप सहयोग पुग्नेमा पार्टि बिश्वस्त रहेको नेकपा एमाले जिल्ला कमिटि रुपन्देहीका अध्यक्ष शिबराज सुवेदीद्धारा जारि बिज्ञप्तिमा भनिएको छ ।
कुख्यात अपराधि मनोज पुनलाई सहयोग गरेको प्रमाणका आधारमा बुधवार पक्राउ परेका सुजु मल्ललाई शुक्रबार प्रहरीले सार्बजनिक गरेको थियो ।

मल्लले अपराधिक गतिबिधि र रकम असुलीका लागि पुनलाई सुचना उपलब्ध गराएको तथ्य फोन सम्वादबाट पाइएको प्रहरीले बताएको छ । युवा संघका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र नेता बसन्त पौडेलको हत्या तथा हत्या पश्चात आन्दोलनका सुचना समेत पुनलाई दिने गरेको प्रमाण प्रहरीले भेटाएको छ ।

त्यस्तै युथ फोर्स रुपन्देहीका पुर्व नेता बुटवल ७ का उत्तम आचार्यलाई पनि प्रहरीले सोही आरोपमा पक्राउ गरि सार्बजनिक गरिसकेको छ ।