गुल्मी /नेपाली काङग्रेसले शुरु गरेको ५० दिने महाअभियानको मध्यावधी समिक्षा बैठक विपि स्मृति भवन तम्घासमा शुरु भएको छ ।
‘नेपाली कांग्रेस गुल्मीको आव्हान् गाउँ जाउँ गाउँमै रमाउँ ५० दिने महाअभियान’भन्ने नाराका साथ यहि बैशाख १ गते देखि शुरु गरिएको अभियानको अहिले सम्म भएका कार्यहरुको समिक्षा गर्न लागेको हो । यहि बैशाख २९ सम्म चल्ने समिक्षा बैठकमा अभियानको भावी रणनिति तथा अहिले सम्म गरिएका कार्यक्रमहरुको समिक्षा गर्ने नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
समिक्षा बैठकको औपचारीक कार्यक्रमलाई सम्बोधन गदै जिल्ला सभापति श्रेष्ठले नेपाली कांग्रेसले बिर्सिएको कुरालाई गुल्मी कांग्रेसले सम्झाएको बताउनुभयो । कांग्रेसले थालेको यो अभियानलाई कांग्रेसले मात्र नभई राष्ट्रिय राजनैतिक दलले हेरेको पनि बताउनुभएको छ । एक्काइसौँ शताब्दीमा पनि जातिय विभेद हुनु आफैमा लज्जास्पद् कुरा भएको बताउँदै कांग्रेसले स–श्रम आवाशीय शिविर मार्फत पनि यसको अन्त्यका लागि पाठ सिकाएको बाताउनुभएको छ ।
जिल्लाका उपसभापति बिष्णु बलालले कांग्रेसले अब गरिब, विपन्न,दलितहरुको हक अधिकार स्थापनाका लागि स्थानीयत तह देखि नै छायाँ सरकारका माध्यमद्धारा झकझकाई रहने बताउनुभयो । बलालले समाज परिवर्तन तथा विकासका कुरामा सहकार्य गदै चुकेको ठाउँमा जस्काउने बताउनुभयो । अभियानलाई पहिलो दोश्रो तथा तेस्रो हप्ते कार्यक्रम बनाएर अभियान सञ्चालन गरिएको हो ।
पार्टीले सञ्चालन गरेको अभियानको मध्यावधी अवस्थामा आइपुग्दा अभियान प्रभावकारी भएको पार्टी सचिव विष्णु कुमारी सापकोटाले जानकारी दिनुभयो ।
समिक्षा बैठकमा रेसुङ्गा नगरपालिका वडा नं २ की ८१ वर्षिय वयोवृद्ध सेती कामीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवशरमा उहाँलाई पार्टीले सम्मान् समेत गरेको छ । कार्यक्रमा दलितहरुको बस्तीमा अझैपनि थुप्रै समस्या रहेकाले विद्यमान् समस्यालाई कांग्रेसले र्चिदै लैजाने बताउनुभो । समिक्षा बैठकमा जिल्ला कार्य सम्पादन समितिका पदाधिकारी,वडा सभापति तथा सचिवहरु,पुर्व सांसद लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले गर्नुभएको थियो ।