नेपाली काँग्रेसको विधानलाई समयसापेक्ष बनाउन सुझाव

1.3K

नेपाली काँग्रेसको विधानलाई समयसापेक्ष बनाउन सुझाव

बुटवल, २४ जेठ । नेपाली काँग्रेसको विधान संशोधन गरेर समय सापेक्ष बनाउन सुझाव दिईएको छ । मुलुक संघीय संरचनामा गईसकेपछि पार्टीको बिधान समय सापेक्ष नभएकोले सिंगो मुलुकलाई नै दिशा निर्देश गर्नेगरी संशोधन गरेर समय सापेक्ष बनाउन सुझाव दिईएको हो ।

नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पार्टीको सुझाव संकलन कार्यक्रममा सहभागिहरुले भएको बिधान कार्यान्वयन भएमात्रै पनि पार्टी सुदृणीकरण हुने भनाई राखेका थिए । आगामी असारको ५, ६ र ७ गते मकवानपुरको हेटौडामा जिल्ला सभापतिहरुको भेला हुँदैछ । सोही भेलालाई लक्षित गरेर जिल्लाका सबै क्षेत्रमा सुझाव संकलनकालागि जिल्ला समितिले परिपत्र गरेको थियो ।

त्यसैको आधारमा क्षेत्रले पार्टीको बिधान संशोधन, पार्टी सदस्यता वितरण, गाउँ, नगर, क्षेत्र, जिल्ला र प्रदेश समिति गठन, पदाधिकारी सदस्यहरुको जिम्मेवादरी, भातृ संगठनको जिम्मेवारी, पार्टी सुदृणीकरणका अल्पकालिन तथा दीर्घकालिन रणनीति, सदनमा प्रतिपक्षिको भूमिका लगायतका बिषयमा सुझाव संकलन गरिएको क्षेत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले जानकारी दिनुभयो ।

पार्टीलाई बलियो बनाउनकालागि वडा सभापतिहरु बलियो हुनुपर्ने बताउँदै बिधानमै वडा सभापतिलाई बलियो बनाउने रणनीति अख्तियार गर्नुपर्ने, प्रत्येक ५ वर्षमा हुँदै आएको पार्टीको कृयाशिल सदस्यता नविकरण तथा वितरणको काम प्रत्येक वर्ष गर्नुपर्ने, पार्टीका रहेक तहमा वार्षिक समिक्षाको वैधानिक व्यबस्था हुनुपर्ने, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधिलाई भोट दिने मात्रै भन्दा पनि पार्टीका काममा कृयाशिल बनाईनु पर्ने, भातृ संगठनहरुको अधिवेशन ईनटाईम गर्नुपर्ने तथा पार्टीको तल्लो तह बुथ तथा वडामा प्रत्येक २ वर्ष, नगर क्षेत्र र जिल्लाको प्रत्येक ३ वर्ष तथा केन्द्रको प्रत्येक ४ वर्षमा अधिवेशन गर्ने गरि विधान संशोधन गर्न सुझाव प्राप्त भएको क्षेत्रीय सचिव बिक्रम केसीले जानकारी दिनुभयो ।

त्यस्तै एक व्यक्ति एक पद, पार्टीका हरेक इकाईमा सबै क्षेत्रको प्रतिनीधित्व, सबै तहमा पार्टीका सैद्धान्तिक प्रशिक्षणको वैधानिक व्यबस्था गर्न पनि सहभागिले सुभाव दिएका छन् । नेपाली काँग्रेस मासवेस पार्टी संगै अव क्याडर वेसमा पनि अंगाडी बढाउन सुझाव दिएका छन् ।

उक्त सुझाव संकलन कार्यक्रममा प्राध्यापक, वकिल, पत्रकार, उद्योगी व्यबसायी, बिद्यार्थी महिला लगायत सहभागि थिए । कार्यक्रममा बोल्दै पार्टीका जिल्ला उपसभापति फणेन्द्र शर्मा र सचिव रामकृण खाँणले पार्टीको जुनसुकै इकाईका व्यक्तिपनि चुनाव लडेर जितेपछि पनि त्यस पदमा रमाउन नसक्दा पार्टी सुदृणीकरण हुन नसकेको बताउनु भयो । उहाँहरुले पार्टी कृयाशिल सदस्यहरुलाई कार्यक्रम दिन नसकिएको बताउँदै अव जिल्ला समितिले वार्षिक क्यालेण्डर बनाएर अंगाडी बढ्ने बताउनु भयो ।