बुटवल, २७ जेठ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लि.ले बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार शुभारम्भ गरेको छ ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको आईतवार कालिकानगरमा खोलिएको १७ औं शाखा हो । बैंकका अध्यक्ष पशुपति घिमिरेले एक औचारिक कार्यक्रमका वीच शाखाको उदघाटन गर्नुभयो ।
उक्त अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु युवराज के.सी., हिरामणि अर्याल, डा.खिमानन्द पाण्डे, शालिक राम वेल्वासे, विपिन पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनाल र नायव प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काले सवै जनताको पहुंचमा बैंक पु¥याउने लक्ष अनुरुप बैंकले शाखा विस्तार गर्ने अभियानलाई अगाडी वढाएको वताउनु भयो ।