जीप दुर्घटना, २ को मृत्यु, ८ घाइते

596

जीप दुर्घटना, २ को मृत्यु, ८ घाइते

 

बुटवल २८ जेठ/दोलखाको बिगु गाउँपालिका-४ लादुक खहरेमा आइतबार बेलुकी बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

चालक सहित ८ जना भने घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया ईश्वरी थापा र सोही ठाउँका ५० वर्षीय टिका बहादुर कार्की रहेका छन् ।

गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते मध्ये ३ जनालाई काठमाडौँ ल्याइएको छ ।

अन्य ५ जनाको भने सिंगटी सामुदायिक अस्पताल दोलखामै उपचार भइरहेको दोलखा प्रहरीले जनाएको छ । हिजो बेलुकी ७ बजे बा १४ च १६८१ नम्बरको बोलेरो जीप सडकबाट करिब १ सय मीटर तल खसेको थियो ।