
बुटवल, ३१ जेठ । गत बुधबार प्रदेश सभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका छन् । बुधबारको प्रदेश सभा बैठकबाट पारित भएका बिधेयकहरु ‘प्रदेश नं. ५ प्रदेश वित्त व्यबस्थापन बिधेयक, २०७५’ र ‘प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक’ लाई प्रदेश प्रमुख उमाकान्त झाले बिहिबार प्रमाणिकरण गर्नुभएको हो ।
नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम उक्त विधेयकहरु प्रदेश प्रमुख झाले प्रमाणिकरण गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमलप्रसाद घिमिरेले बिहिबार नै प्रेस विज्ञप्ती जारी गरि जानकारी गराउनु भएको छ ।