बुटवल २ ,असार / तिलोत्तमा नगरपालिकाले साउन १ गतेदेखि लगाउने तयारी गरेको एकिकृत सम्पत्ति करको बिरोधमा नेपाली काग्रेसले निरन्तर बिरोधका कार्यक्रम जारी राखेको छ ।
केही दिन अघि डाइभरटोलमा एकिकृत सम्पत्ति कर सचेतना नाम दिएर बिरोध कार्यक्रम गरेको काग्रेसले आज साझ कोटीहवा चोकमा त्यस्तै बिरोध सभा गरेको छ ।
डाइभरटोलको कार्यक्रम पश्चात नगरपालिकाले बिज्ञप्ति नै प्रकाशित गरी एकिकृत सम्पत्ति कर लगाउने सम्वन्धमा कुनै निणर्य नभएको र जनताको सुझाव भन्दा बाहिर गएर कर नलगाउने बताएपनि काग्रेसले जनतालाई भ्रममा पार्न मात्रै नगरपालिकाले बिज्ञप्ति निकालेको ठहर गरेको छ ।
आजको बिरोध सभामा पनि काग्रेस नेताहरुले आफुहरुसंगको छलफल, सल्लाह र सहमतिमा जनताले तिर्न सक्ने गरी न्युनतम कर तय नगरेसम्म बिरोधका कार्यक्रम जारी राख्ने र एकलौटी रुपमा कर लगाए नगरपालिकाको कार्यालयमा नै तालावन्दी गरी कर नै नतिर्ने सम्मको चेतावनी दिएका छन ।
उनीहरुले निर्वाचनमा नगरपालिकालाई देशकै नमुना र समृद्ध नगर बनाउछौ भन्ने जनप्रतिनिधिहरुले अहिले अत्यधिक कर लिएर पुराना बासिन्दा व्यवसायीलाई कर तिन नसक्ने बनाएर बिस्थापित गरी आफुहरुलाई व्यवसायीक कारोवार गर्न र सुबिधा भोग गर्न सहज बनाउन खोजेको सम्म आरोप लगाए । नेताहरुले तिनाउ नदीमा नदीजन्य पदार्थको उत्खननमा आखा चिम्लिएर आर्थिक लाभ लिएको, आफु निकटका व्यक्ति तथा सस्थाको बिकासलाई प्राथमिकता दिएको र काग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुलाई नगरपालिकाको निणर्यमा लिखित असहमति जनाउन समेत नदिएको बताएका थिए ।
सभामा बोल्दै काग्रेस रुपन्देहीका सभापति तथा पुर्वराज्यमन्त्रि अब्दुल रज्जाकले एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछी अहिले केन्द्रदेखि स्थानीय तहसम्म दुई तिहाइ र बहुमतको दम्म बढेको भन्दै यस्तै दम्म कायम रहे जनताले धेरै समय टिक्न नदिने दाबी गर्नुभयो । यस्तै हुन्छ भनेर काग्रेसले निर्वाचनमा कम्युनिष्टले जीतेमा रुन पनि पाइदैन भनेको तर जनताले नबुझेकाले कम्युनिष्ट पार्टीको बहुमत आएको बताउदै उहाले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी नेपाल आउदा भारतीय सुरक्षाकर्मी भित्र्याएर प्रधानमन्त्रि ओलीको खोक्रो राष्टबादको र तिलोत्तमामा जनताले तिर्न नसक्ने गरी कर लगाएर यहाको कम्युनिष्ट पार्टीको समृद्धिको नारा छताछुल्ल हुन लागेको बताउनु भयो ।उहाले आफनो पार्टीबाट देवदहमा निर्वाचित नगरप्रमुख हिरा केसी आफनो व्यक्तिगत गाडीमा हिडेर नगरपालिकाको श्रोत बचत गरेको तर तिलोत्तमामा २ वटा गाडी हुदा हुदै एम्बुलेन्स र शव वाहन नकिनेर बिलासी बन्न अर्को पनि जनप्रतिनिधि चढने गाडी किनेको बताउनु भयो ।
काग्रेसका प्रदेश सभा संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफुहरुले राख्ने गरेका बिषयलाई प्रदेश सरकारले र जनताले राखेका कुरालाई नगर सरकार भन्ने नगरपालिकाका जनप्रतिनिधिले वेवास्ता गर्ने गरेको बताउनु भयो । उहाले तिलोत्तमाका नगर प्रमुखले आफु र निकटमा व्यक्तिको लगानी भएको नमस्ते एकेडेमी जाने सडकलाई बजेट दिएको तर हजारौै जनता हिडने सडक मर्मत गर्न पैसा नदिने गरेको बताउनु भयो ।
काग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले अहिलेका जनप्रतिनिधिहरुले जनताको बिरोधमा काम गर्न लागेकाले छिट्टै नै काग्रेस बिरोधमा उत्रिएर आफना कुरा जनता समक्ष राख्न पाएको बताउनु भयो । उहाले एकिकृत सम्पत्ति करको मस्यौदा तयार गर्दा र अन्य बिषयमा काग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले लिखित असहमति जनाउन खोज्दा नगर प्रमुखले निणर्य पु्स्तिका नदिएर नगरपालिकालाई व्यक्तिगत सस्था जस्तै बनाउन खोजेको आरोप लगाउनु भयो ।
काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जनतालाई अत्यधिक कर लगाउन भन्दा तिनाउ नदीमा भइरहेको अवैध उत्खननलाई रोकेर त्यहाबाट निष्कने नदीजन्य पदार्थलाई बैद्यानिक र व्यवस्थित गर्ने तर्फ लाग्न आग्रह गर्नुभयो । जनताका समस्याको समाधानमा भन्दा दुख दिनमा नगरप्रमुख लागेको भन्दै उहाले भन्नुभयो चितवनमा २।३ बर्षअघि धुबे हात्तिले जनतालार्य दुख दियो भन्ने सुन्थ्यौ अहिले यहा त्यस्त्तै भएको छ ।
प्रदेश सभा सदस्य रमा अर्यालले सर्बसत्तावादको बाटोमा कम्युनिष्ठ नेतृत्वका सबै सरकार उद्दत भएको बताउदै जनताले कुनैपनि किसिमको अधिनायकवाद वा सबृसत्तावाद नरुचाउने बताउनु भयो । उहाले तिनाउ नदीमा भइरहेको अवैद्य उत्खननमा मौन रही नगरपालिकाका जनप्रतिनिधिले अहिले चुनाव खचृ उठाई रहेको आशंका व्यक्त गर्नुभयो ।
त्यस्तै काग्रेस युवा नेता हरी न्यौपानेले अहिलेकै अवस्थामा अघि बढे नगरपालिकाले निर्धारण गर्ने र लिने एकिकृत सम्पत्ति करको काग्रेसले प्रतिवाद गर्ने बताउनु भयो ।
उहाले नगरप्रमुख आर्थिक अपचलनमा लिप्त हुन लागेको पनि आरोप लगाउनु भयो ।
राष्टिय जनमुक्ति पार्टीकी केन्द्रिय सदस्य गिता सारुले प्रत्येक वडामा छलफल हुदा सबैले एकिकृत सम्पत्ति करको बिरोध गर्दा पनि नसुन्ने नगरपालिकाका जनप्रतिनिधिलाई जनताले कर तिर्दैनौ भन्ने घोषणा गरी पुरै नगरपालिकालाई नै असफल बनाउने अवस्था आउन नदिन नगरप्रमुखलाई आग्रह गर्नुभयो ।
काग्रेस नेता नारायण ढकालको सभापतित्व नगरसचिव शिव गैरेको सञ्चालनमा भएको सभामा काग्रेस महासमिति सदस्य क्याप्टेन यम बहादुर खत्री, तिलौत्रमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, उद्योगि चन्द्रमा श्रेष्ठ, अगुवा कृषक अजय चौधरी लगायतले पुराना उद्योगि , पुराना कृषक र पुराना व्यवसायीलाई नगरपालिकाबाट बिस्थापित गर्न नगरपालिकाका पदाधिकारीहरुले जनताको कुरा नै नसुनेको बताउदै एकिकृत सम्पत्ति करको परिभाषा नै परिवर्तन गर्नुपर्ने बताउनु भएको थियो ।