बालबालिकालाई शैक्षिक सामाग्रि वितरण

832

बालबालिकालाई शैक्षिक सामाग्रि वितरण

बुटवल, असार । नेपाल ट्रेड युनियन काँगेसले रुपन्देहीको बुटवलमा सञ्चालन गरेको अनौपचारिक बालशिक्षा कार्यक्रममा अध्ययन गर्ने वालबालिकालाई शैक्षिक सामाग्रि वितरण गरिएको छ । जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान (जिलाफ)को आर्थिक सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेसले रुपन्देही सहित नेपालका ९ वटा जिल्लामा अनौपचारिक बाल शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तीन वर्षे उक्त अनौपचारिक वाल शिक्षा कार्यक्रममा सहभागि ५० जना बालबालिकालागि शैक्षिक सामाग्रि वितरण गरिएको हो । शैक्षिक सामाग्रि प्रदान गर्दै अनौपचारिक बाल शिक्षा कार्यक्रम सञ्चालन गरिएको उजिरसिंह माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य मो. महबुब खाँले अनौपचारिक बाल शिक्षा कार्यक्रमकालागि थप सहयोग आवश्यक भएपनि बिद्यालय सहयोगका लागि तयार रहेको बताउनु भयो ।

त्यस्तै नेपाल नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचका उपाध्यक्ष कृष्ण वेलवासेले वाल श्रम न्यूनिकरणकालागि सञ्चालन गरिएको अनौपचारिक बाल शिक्षा कार्यक्रम मार्फत ट्रेड युनियन काँग्रेसले धेरै वालबालिकालाई शिक्षाको ज्योति प्रदान गरेकाले ट्रेड युनियन काँग्रेस प्रति मजदुरको भरोसा भएको विश्वास व्यक्त गर्नुभयो ।

बालश्रम न्यूनिकरणकालागि सन् १९९८ देखि जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठानको सहयोगमा नेपाल ट्रेड युनियन काँग्रेस ९ जिल्लामा अनौपचारिक बालशिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अनौपचारिक बाल शिक्षा कार्यक्रममा सहभागि बालबालिकालाई तीन वर्ष सम्म अनौपचारिक शिक्षा प्रदान गरि सरकारी बिद्यालयमा जोड्नेगरी कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार नेपाल ट्रेड युनियन काँग्रेसले उनीहरुलाई पठन पाठनकालागि वर्षभरी आवश्यक पर्ने शैक्षिक सामाग्रि तथा बिद्यालय पोशाक लगायतका सामान प्रदान गर्ने गर्दछ ।

बालबालिकालाई पठनपाठन गराउनकालागि अभिभावकलाई अभिप्रेरणा प्रदान गर्न सानो कार्यक्रम सञ्चालन भएपनि यसले वालश्रम न्यूनिकरण गर्न र उनीहरुमा शिक्षाको पहुँच पु¥याउन पुलको काम गरेको नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तुलाराम गुरुङ्ले बताउनु भयो ।

शुक्रबार उजुरसिंह माध्यमिक बिद्यालयमा आयोजना गरिएको शैक्षिक सामाग्रि वितरण कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका उपाध्यक्ष सफातुल्लाह रजा, सचिव हिमबहादुर केसी, युवा समितिका प्रदेश संयोजक कबिन्द्र नेपाल, महिला समिति संयोजक तथा बालशिक्षा कार्यक्रम संयोजक उसा राना, मुक्तिराम खरेल लगायतले भनाई राखेका थिए ।