पटका आतङकप्रति रुपन्देही प्रहरीको कडा नजर

661

पटका आतङकप्रति रुपन्देही प्रहरीको कडा नजर

timthumbबुटवल, कार्तिक हवाईजहाज मार्फत भैरहवाबाट काठमाडौं पठाउन लागिएको पटका सहित पटका पठाउने व्यक्तिलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।कोटिएर कुरियर्स मार्फत सोमबार सांझ साढे पाच बजेको बुद्ध एयरबाट काठमाडौं पठाउन लागिएको पटका सहित कोटिएर  कुरियर भैरहवामा काम गर्ने भारतको महाराजगञ्ज सुनौली ग्रँम फरेनीयाका २७ वर्षिय अजय तिवारी र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ का २१ वर्षिय फैजल अन्सारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

अजय तिवारीहवाईजहाज बाट पटका लिएर जांदै गरेका उनिहरुलाई विमानस्थल प्रहरीले चेकजाँचको क्रममा पटका सहित पक्राउ गरेको हो।उनीहरुको साथबाट काठमाडौं पठाउन लागिएको विभिन्न चार प्रकारका पटका बरामद गरिएको र निजहरु उपर बिष्फोट पदार्थ ऐन २०१८ अन्तर्गत कारवाही प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्ष्ँक रामेश्वर कार्कीले जानकारी दिए। फैजल अन्साारीप्रहरीले पटका पडकाउने वहानामा अन्य अपराधिक घटनाहरु समेत हुन सक्ने र पटका जन्य वस्तु विस्फोटबाट सर्वसाधारणको अंगभंग समेत हुन सक्ने भन्दै पटका पट्काउन र किनबेच गर्न रोक लगाएको छ।विगतका वर्षहरुमा पटका बरामद गरेपनि विक्री वितरण तथा ओसारपसार गर्नेलाई पक्राउ गरी कारवाही प्रकृया अगाडी नबढाएपनि यसवर्ष भने तराईमा जारी आन्दोलनका कारण थप घटना हुन सक्ने भन्दै व्यक्तिहरुलाई समेत पक्राउ गरि कारवाही गरीने प्रहरीले जनाएको छ।यसैविच दिपावली तथा छठ पर्वमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना बनाएको जनाएको छ।प्रहरीले दिपावलीको लागि भन्दै एउटा कमाण्ड पोष्ट, मुख्य मुख्य स्थानमा चेकिङ समेतको लागि ४२ वटा पिकेट, १९ वटा पैदल गस्ती टोली, ४ वटा मोरसाईकल गस्ती, १६ वटा मोवाईल गस्ती र विभिन्न हाईवेहरुमा क्रस पेट्रोलको लागि १२ वटा टोली खटाईएको जनाएको छ।प्रहरीले तिहार पर्वमा विभिन्न क्षेत्रमा हुने सांस्कृति कार्यक्रम, विशिष्ट व्यक्तिको भ्रमण तथा निवासको सुरक्षा लगायतको लागि युनिफर्म तथा सादा पोशाकका समेत सुरक्षाकर्मी परिचालन गरी विशेष अप्रेसन, अनुगमन तथा ट्राफिक प्रहरीसंगको सहकार्यमा चेकिङ गर्ने जनाएको छ।यस्तै तराईवाशीहरुले मुख्य रुपमा मनाउने छठ पर्वलाई पनि लक्षित गरी प्रहरीले सुरक्षा योजना बनाएको जनाएको छ। तराई क्षेत्रमा जारी आन्दोलन र छठ पर्वलाई लक्षित गरी प्रहरीले लाठी तथा हतियार सहितका सुरक्षाकर्मीहरुलाई परिचालन गर्ने जनाएको छ।

पटका विशेषगरी छठको मेला लाग्ने भैरहवा क्षेत्रको मिलनचोक, देवकोटा चोक, बसपार्क, हाटबजार, छठ पोखरी रहेको स्थल बगाह, ग्यारेजन गण पोखरी, रोहणीनदी लगायतका क्षेत्रमा विशेष सुरक्षा अपनाईने जनाएको छ।